सुनिल क्षेत्रीको शानदार ह्याट्रिकले गोवा फाइनलमा

सुनिल क्षेत्रीको शानदार ह्याट्रिकले गोवा फाइनलमा


भारतीय फुटबल टीमका कप्तान सुनिल क्षेत्रीले इण्डियन सुपर लीग (आइएसएल)मा ह्याट्रिक गरेका छन् । क्षेत्रीले बेंगलुरुविरुद्ध भएको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका हुन् । क्षेत्रीको शान्दार ह्याट्रिकसँगै पुणे इण्डियन सुपर लीगको फाइनलमा प्रवेश गरेको छ । निकै महत्वपूर्ण सेमिफाइनलमा पुणेले बेंगलुरुलाई ३ –१ को अन्तरले पराजित गरेको थियो ।

बेंगलुरुविरुद्ध ह्याट्रिक गर्ने क्रममा क्षेत्रीले पहिलो गोल खेल सुरु भएको १५औं मिनेटमा गरेका थिए । अन्य दुई गोल दोश्रो हापको ६५ औं र ८९ औं मिनेटमा गर्दै ह्याट्रिक गर्दै आफ्नो टीमलाई विजयी बनाएका थिए । पुणेको तर्फवाट एक मात्र गोल खेलको ८२ औं मिनेटमा जोनाथन लोकाले गरेका थिए ।

सेमिफाइनलको दुवै खेल पुणेमा भएको थियो । पहिलो खेलमा गोलरहित सकिएको थियो । यस्तो अवस्थामा दुवै टीमको लागि दोश्रो खेल निकै महत्वपूर्ण बनेको थियो । यो निर्णायक खेलमा नेपाली मुलका भारतीय राष्ट्रिय फुटबल टीमका क्याीटेन सुनिलले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टीमलाई फाइनलमा पुऱ्याएका थिए ।

इण्डियन लीग फुटबलको दोश्रो सेमिफाइनल एफसी गोवा र चेन्नईयन एफसी वीच विजयी टोली फाइनलमा प्रबेश गर्ने । यहि विजेता टोलीसँग गोवाले फाइनलमा भिडन्त गर्नेछ ।