सुन व्यवसायीको हत्यामा संलग्न तीन पक्राउ

सुन व्यवसायीको हत्यामा संलग्न तीन पक्राउ



रेजिना गौतम

झापा । विर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

मुखियाको हत्यामा संलग्न विर्तामोडस्थित रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारस देव, विर्तामोड नगरपालिका वडा नं.–८ त्रिवेणी टोलका दिपेश पौडेल र विर्तामोड ३ बस्ने प्रकाश भनिने चिरञ्जीवी ओलीलाई विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनीहरुबाट प्रहरीले मे ७ प ८७५४ नम्बरको स्कुटर, एकथान सुनको टिल र गरगहना, ६ थान सिमसहितको मोवाइल सेट, हत्या गरिएका साजन मुखियाकोको पर्स, घडी र सवारी चालक अनुमति पत्र बरामद गरिएको झापा जिल्ला प्रहरी प्रमुख विष्णु केसीले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई मानव अपहरण तथा शरि बन्धक, खुनडाका र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ ।

गत फागुन २० गते पासरले साजनलाई विर्तामोडस्थित एभरेष्ट बैंकबाट मे ७ प ८७५४ नम्बरको स्कुटरमा राखेर तमु टोलस्थित आफ्नै घरमा बन्धक बनाएको र त्यही हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साजन र पारस दुवै सुनको कारोबार गर्ने र साजनले छोटो समयमा अधिक आर्थिक लाभ गरेको तथा साजनका कारण पारसको व्यवसायमा गिरावट आए पछि साजनको हत्या पछि उक्त दुवैको कारोवार आफू एक्लैले गर्न पाउने ठहर गरी पारसले साजनको हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

पक्राउ परेका ओली र पौडेल पासर देवले सञ्चालन गरेको रिद्धीसिद्धी ज्वेलर्समा काम गर्ने कामदार हुन् । उनीहरुलाई पैसाको प्रलोभनमा पारी पारसले साजनको हत्यामा संलग्न गराएको बताइएको छ ।

हत्यापछि साजनको लाशलाई पारसले चलाउँदै आएको भारतीय नम्बरको गाडीमा राखी २० गते नै कोल्बुङ पु¥याएर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

देखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ ९मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट लगभग २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो ।

साजनको पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिनुभयो । मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै पसलबाट बाहिरिएका थिए ।

यसैबीच व्यवसायी साजन मुखियाको हत्याको शोकमा आज विर्तामोड बजार बन्द भयो ।