रक्षामन्त्री-राजदूत भेट

रक्षामन्त्री-राजदूत भेट


रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्त रुपमा नै विकास हुँदै गएको बताउनुभयो ।

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुऱ्याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राख्नुभयो ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गर्नुभयो ।

राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुऱ्याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालीम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताउनुभयो । (रासस)