आइएमई जनरल इन्स्योरेन्सको थप १ शाखा सञ्चालनमा

आइएमई जनरल इन्स्योरेन्सको थप १ शाखा सञ्चालनमा


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकूस्थित अम्बे कम्प्लेक्समा संचालनमा ल्याएको छ । यही फाल्गुण २९ देखि उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले गरेका हुन् ।

उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । समारोहमा स्थानीय उद्योगी, व्यापारीहरू लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरू, सहकारी संस्थाका प्रमुखहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरूलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरूको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो ।

उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि सातवटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गर्नुभयो ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरूलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो । कम्पनीको यसे शाखासहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरूबाट सेवाग्राहीहरूलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्नेछ भनि जानकारी दिनुभयो । आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरूलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ट ग्राहकहरूको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. ०७४/७५ को दोश्रो त्रैमाससम्ममा ४३ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी ८५ करोड त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिँदै आज उद्घाटन भएको शाखासहित शाखा तथा सेवा काउण्टर गरी ४३ स्थानबाट ग्राहक महानुभावहरूलाई सेवा दिईरहेको साथै २२० जना कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको, कर्मचारी भर्ना गर्दा नयाँ र सकारात्मक सोच भएका व्यक्तिहरूलाई छनौट गरी नयां रोजगारीमा जोड दिई रहेको सेमत जानकारी गराउनु भयो ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरू मार्फत ग्राहक महानुभावहरूलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरूलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गर्नुभयो ।