बास्केटबलमा मल्पी र काष्ठमण्डप विजयी

बास्केटबलमा मल्पी र काष्ठमण्डप विजयी


आयोजक मल्पी ‘ए’ र काष्ठमण्डप दोश्रो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मल्पी ‘ए’ विजेता र ‘बी’ बाट काष्ठमण्डप उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

बालुवाटारस्थित घरेलु कोर्टमा भएको समूह चरणको खेलमा मल्पी ‘ए’ ले साइपाल एकेडेमीलाई १९–१३, जेभियरलाई १९–१२ र काष्ठमण्डपलाई १८–१४ ले पराजित गरेको थियो । काष्ठमण्डपले साइपाललाई १४–१२ तथा जेभियरलाई १२–६ ले हरायो ।

समूह ‘बी’ को लिग खेलमा द ब्रिटिस कलेजले रुपिजलाई १६–१३, मल्पी ‘सी’ लाई १४–१० र मल्पी ‘बी’ लाई १६–१४ ले पाखा लगाउदै समूह विजेताका रुपमा सेमिफाइनल पुग्यो । मल्पी ‘बी’ पनि समूह उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गर्न सफल रह्यो । मल्पी ‘बी’ ले रुपिजलाई १२–६ तथा मल्पी ‘सी’ लाई १४–१२ ले निराश पा¥यो ।
प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । गल्र्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।