राष्ट्रिय तेक्वान्दो संघमा प्रवेशको लहर

राष्ट्रिय तेक्वान्दो संघमा प्रवेशको लहर


केहि समययता राष्ट्रिय तेक्वान्दो संघमा प्रशिक्षक र खेलाडीहरुको प्रबेश गर्ने लहर चलेको छ । प्रदेश नम्वर १ देखि प्रदेश नम्वर ७ सम्मका तेक्वान्दो प्रशिक्षक, उनीहरु समद्ध डोजाङ र खेलाडीहरु राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरिसकेका छन् ।

पछिल्लो पटक भक्तपुर त्यसपछि मध्यपश्चिमांचलका चर्चित तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरु राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेर नेपालमा एउटै तेक्वान्दो संघ रहेको कुरालाई समेत पुस्टि गरेका छन् ।

तेक्वान्दो संघका संस्थापक तथा सदस्य मध्यका एक बाँकेका कृष्ण थापा हालै राष्ट्रिय संघमा प्रबेश गरेका छन् । थापा नेपाली सेनाका पूर्व प्रशिक्षक तथा तेक्वान्दोका पहिलो ब्याजका खेलाडी हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका बाँके र वर्दियाका सहायक तेक्वान्दो प्रशिक्षक भीम थापा, चन्द्र प्रकाश श्रेष्ठ र राजेन्द्र सिंह आले पनि राष्ट्रिय संघमा प्रवेश गरेका छन् । दुवै प्रशिक्षकले तेक्वान्दो खेलको विकास र विस्तारको लागि ३० बर्षको योगदान दिनुको साथै अहिले पनि तेक्वान्दो डोजाङ खोलेर तेक्वाान्दोको वृद्धि विकासमा अहम भूमिका निर्वाह गरिरहेका छन् ।

सो अवसरमा बाँके र बर्दियाका ६ वटा तेक्वान्दो डोजाङ सहित २ सय ३१ खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गरेका थिए । राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गर्ने डोजाङहरुमा भृकुटी तेक्वान्दो डोजाङ, धम्वोजी मा.वि, न्यु ग्यालेक्सी तेक्वान्दो डोजाङ, धम्वोजी तेक्वान्दो डोजाङ र जयबागेश्वरी तेक्वान्दो डोजाङ थिए ।

ति डोजाङका प्रशिक्षक र खेलाडीहरुलाई प्रशिक्षक तथा खेलाडी संघका संरक्षक परिषदका सदस्य प्रदीप जोशी (टेकराज), संघका उपाध्यक्ष एवम् राखेप तेक्वान्दोका बरिष्ट प्रशिक्षक ध्रुब्रवहादुर गुरुङ र उपाध्यक्ष हरिबहादुर बुढाथोकीले टीका माला र खादा लगाएर संघमा स्वागत गरेका थिए । उक्त कार्यक्रम बाँके जिल्ला तेक्वान्दोका अध्यक्ष तथा कार्यक्रमका सभापति दलबहादुर विक र संघका प्रदेश नम्वर ५ का संयोजक बुद्धिवहादुर थापाको उपस्थितिमा भएको थियो ।

सो अवसरमा प्रशिक्षक श्रेष्ठले आफूले ३० वर्ष निरन्तर तेक्वान्दोको वृद्धि विकासमा लाग्दा समेत कुनै मूल्याङकन नभएको गुनासो गर्दै खेलाडीको भविष्य ख्याल राख्दै राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेको बताए । साथै उनले नेपालमा अव एउटा मात्र तेक्वान्दो संघ भएको खुलासा गर्दै त्यो राष्ट्रिय तेक्वान्दो संघ मात्र भएको पनि दावी गरेका थिए ।