पिखुवा खोला बगेझैँ’ सार्वजनिक

गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरुको श्रव्यदृष्य (भिडियो एल्बम) शुक्रबार सार्वजनिक गरिएको छ ।

महासेनानी पनि रहनुभएका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र जीवनको ‘एल्बममा समेटिएका छन् ।

गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा खोलाको बाइस जंँघार तरेर चतरा आइपुग्नुपर्ने विगतको बाध्यता, अरुण नदीको परिवेश आदि तथा जीवनका गीतमा इलामेली परिवेश, चियाबारी, माईपोखरी आदि विषय छन् ।

ती गीतमा संगीतकार वसन्त मुकारुङले संगीत दिनुभएको छ भने अशोक मुकारुङ र मुस्कान मुकारुङको स्वर छ । एल्बमा विज्ञान राई र जीवन मुकारुङले निर्देशन गरेका छन् ।

गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार नवराज लम्सालले ‘इलामे शहर चियाबारी राम्रो’ बोलको गीतबाट परिचित गीतकार गंगाराजले नयाँ गीतमा भोजपुरको संस्कृति र मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल भएको बताए ।

संगीतकार आभाषले ती गीत ‘स्वान्त सुखायःका’ रुपमा आएका तर बजारबाट निर्देशित नभएको बताए । गीतकार मञ्चका अध्यक्ष चूडामणि देवकोटाले ती गीतमा माटो र संस्कृति सबै मिलेको बताए । कार्यक्रममा प्राज्ञ शशी लुमुम्बूले पनि आफ्ना धारणा राखेका थिए ।

मुकारुङ परिवारका तीन पुस्ताले सो भिडियोमा काम गरेको तथा कान्छे पुस्ताका मुस्कान मुकारुङको स्वर पहिलो चोटि रेकर्डिङ भएको छ ।

प्रतिक्रिया






1 Shares
Share1
Tweet
+1
Share