किन बढ्दै छ सम्बन्धविच्छेद ?

बबिता बस्नेत

स्थानीय निर्वाचनपछि गाउँठाउँका धेरैजसो मुद्दामामिला स्थानीय निकायले नै हेर्छ । प्रहरी र अदालतसम्म पुग्नुअघि कतिपय विषयलाई स्थानीय तहको न्यायिक समितिले नै छिनोफानो गर्ने गरेको छ । विभिन्न जिल्लामा पुग्दा र राजधानीमै पनि उपमेयरहरूसँग भेटघाट हुँदा प्रायः सोध्ने गर्छु– ‘के–कस्ता मुद्दा आइरहेका छन् ? कसरी व्यवस्थापन गरिरहनुभएको छ ?’ जवाफमा धेरैजसो मुद्दा सम्बन्धविच्छेदको हुने गरेको पाइएको छ । प्रायः उपमेयर र न्यायिक समितिका अन्य सदस्यहरूको भनाइ हुन्छ, ‘धेरैजसो मुद्दा पतिपत्नीको सम्बन्धसँग सम्बन्धित हुन्छन् । समस्या लिएर आउनेहरूमध्ये कतिचाहिँ हामीकहाँ आएपछि मिलेर जाने गरेका पनि छन् ।’

महानगरपालिका, नगरपालिकाका उपमेयर र गाउँपालिकाका उपाध्यक्षहरू न्यायिक समितिका संयोजक छन् । आफ्नो गाउँठाउँमा विवाहित जोडीहरू यति धेरै विभाजित मन लिएर सँगै बसिरहेका रहेछन् भन्ने कुराले जनप्रतिनिधिहरूलाई अचम्भित बनाएको छ । अरूको समस्या हेर्ने ठाउँमा बसेका कतिपय जनप्रतिनिधिहरूकै पनि सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको छ । दिउँसो कार्यालयमा समस्या लिएर आएका जोडीलाई मिलेर बस्नुपर्छ भनेर सम्झाउँदै गर्दा अघिल्लो रातको आफ्नै घरभित्रको झगडाले आफूलाई नराम्ररी बिथोलेको एक जनप्रतिनिधिको कहानी सुन्दा त्यसप्रकारको मानसिक तनावबीच उहाँले आफूलाई कसरी अगाडि बढाउनुहोला जस्तो पनि लाग्यो ।

सात जन्मको साथ भनेर मानिने पतिपत्नीको सम्बन्ध हाम्रो समाजमा अनुमान नै गर्न नसक्ने गरी नाजुक बन्दै गएको छ । गाउँ र शहरलाई परिवर्तन गर्ने प्रतिबद्धतासहित सम्बन्धित स्थानमा पुगेका जनप्रतिनिधि पुलपुलेसा, बाटोघाटो, स्वास्थ्यचौकी, शौचालय या भनौँ भौतिक संरचनाभन्दा पनि एक–अर्काबीच जोड्नै गाह्रो हुने गरेर भत्किएको पतिपत्नीको मनलाई कसरी जोड्ने भन्ने कुरामा अल्झिनु परिरहेको छ ।

पूर्वीय सभ्यता, परम्परा र संस्कृतिमा गर्व गर्ने नेपाली समाजमा पश्चिमा संस्कृति भन्ने गरिएको ‘सम्बन्धविच्छेद’ दिन प्रतिदिन बढ्दो छ । गाउँ, शहर, शिक्षित, कम शिक्षित, विभिन्न जाति, धर्म, समुदाय, क्षेत्र, वर्ग सबैमा करिबकरिब समाबेसी तरिकाले नै धेरैका सम्बन्धहरू सङ्कटमा छन् । जिन्दगी खुसी बाँच्नका लागि गरिएको विवाहका साइडइफेक्टहरू बढ्दै जाँदा बडो सकसपूर्ण तवरले जिन्दगी बाँच्नेहरूको सङ्ख्या बढिरहेको छ । सबै त नभनौँ, तर अधिकांश पति–पत्नीका सम्बन्धहरू जोखिमपूर्ण तवरले अघि बढिरहेका छन् ।

जबर्र्जस्ती अगाडि बढाउन खोज्दा पनि अघि बढ्न नसक्ने अवस्था आएपछि कानुनी प्रक्रियामार्फत सम्बन्धहरूको मृत्यु हुने गरेको छ । आफैंले गाँसेको सम्बन्धको निधनले आफू बाँच्ने अवस्था आउँछ भने मृत्यु र जीवनबीच जीवन रोज्नेहरू पनि छन् । बेलाबेलामा विष खाँदै अधकल्चो अवस्थामा जीवन धानिरहेकाहरू पनि छन् । विवाहकै कारण पूर्ण जीवन बाँचेको अनुभूति गर्नेहरू पनि छन् । पतिपत्नीबीच सौहार्दपूर्ण रूपमा जीवन चल्न सक्यो भने विवाह समाज विकासका लागि महत्वपूर्ण संस्था हो ।

धेरैले भन्छन्– शिक्षाले महिलामा चेतना भऱ्यो, त्यसैले सम्बन्धविच्छेद सामान्यझैँ बन्न लाग्यो । तर, मुलुकभरिका जिल्ला अदालतमा परेका मुद्दाहरूलाई हेर्ने हो भने यसलाई पनि सम्पूर्ण सत्य मान्न सक्ने अवस्था छैन । वर्तमानमा देखिएको सत्यचाहिँ के हो भने लोग्ने–स्वास्नीका अधिकांश सम्बन्धहरू बिग्रँदै/भत्कँदै गएर निकै ठूलो खाडलमा परिणत हुँदै गएका छन् ।

हिजोआज सामाजिक सञ्जालमा विवाहको यति वर्ष पुग्यो, यतिका वर्ष वितेको थाहै भएन भनेर धेरैजसोले लेखेको देखिन्छ । जसले समय बितेको साँच्चिकै थाहा पाएनन् तिनले लेख्नैपर्दैन । जसले पलपलमा सम्बन्धको मूल्य चुकाए, चुकाइरहेका छन्, तिनलाई त्यति लेखेर भए पनि सन्तुष्टि लिनुछ । सामाजिक सञ्जालमा पतिपत्नीका सम्बन्धहरू फस्टिएझैँ देखिए पनि अदालतका पछिल्ला तथ्याङ्कले नेपाली समाज फरक अवस्थातिर ढल्किरहेको सङ्केत गर्छ । जुन अवस्था परिवार, समाज र मुलुकका लागि निश्चय नै राम्रो होइन, तर यो सब कुराको जानकारी हुँदाहुँदै पनि सम्बन्धको यो सङ्क्रमणकालबाट मुक्ति पाउन त्यति सहज भने देखिँदैन । लोग्ने–स्वास्नीको नाता पूर्वजन्ममै तय भएको हुन्छ भन्ने मान्यता राख्दै आएको नेपाली समाजमा सम्बन्धविच्छेद किन घरघरकी कहानी हुन पुग्यो त ? यो फरक परिवेशबारे छलफल र बहस हुनु जरुरी छ ।

समय परिवर्तन भयो, विगतको तुलनामा छोरा र छोरीबीचका हुर्काइहरू फरक हुन थाले । शिक्षासँगै सोचमा परिवर्तन आयो । विगतमा तिमीले सहनुपर्छ भनेर हुर्काइएका छोरीहरूले आफूमाथिको अन्याय सहेरै जिन्दगी बिताए । अहिले सहनुहुन्न है कुनै पनि प्रकारको अन्यायमा शून्य सहिष्णुता भन्दै हामी छोरीहरू हुर्काइरहेका छौँ, उनीहरूले सहन छोडे । सबैभन्दा ठूलो समस्या हाम्रो सोचमा देखिन्छ । यसबीचमा महिलामा सचेतना बढ्यो, पुरुषले पितृसत्ताको जञ्जालबाट मुक्ति पाएनन् । फलतः सम्बन्धलाई बुझ्ने र हेर्ने दृष्टिकोणहरू उस्तै हुन सकेनन् ।

महिलाहरूले आफूमाथि भएका घटना भन्न सक्ने, आफूमाथिको पीडामा रुन सक्ने वातावरण यो समाजमा छ । आफूलाई सधैँ ‘बहादुर’ देखाउनुपर्ने पुरुषहरूले चाहिँ यो मामिलामा सङ्कुचनताको परिधिलाई नाघ्न सकेका छैनन् । यसको असर पुरुषलाई मानसिक र मनोवैज्ञानिक मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत परेको देखिन्छ । हर्ट एट्याट, डाइबिटिज, प्रेसरलगायतका रोग पुरुषमा बढी छन् । जुन रोगहरूसँग तनावको प्रत्यक्ष सम्बन्ध छ ।

सम्बन्धविच्छेदको पृष्ठभूमि ‘विवाह’का बारेमा हामीकहाँ फरक तरिकाले सोचिएकै छैन । केटा र केटी दुवै पक्ष सम्पूर्ण रूपमा स्वार्थप्रेरित भएर विवाह गर्छन्, गर्ने चलन छ । अझ कतिपय समुदायमा त केटा र केटीको भन्दा बढी तिनका बाबुआमा या परिवारको स्वार्थ गाँसिएको हुन्छ । विवाहलाई बन्धनमा बाँधिने भन्ने गरिएको छ । हरेक व्यक्तिका आ–आफ्नै स्वतन्त्र सीमाहरू हुन्छन् । विवाहलाई बन्धनभन्दा स्वतन्त्र अस्तित्वबीचको एकताका रूपमा लिन सक्ने हो भने यो समस्या यति धेरै बढ्ने थिएन होला जस्तो लाग्छ । अर्कोचाहिँ स्पष्ट दृष्टिकोणको खाँचो पनि हो । विवाह किन गर्ने ? भन्ने कुराको स्पष्टताबिना नै गरिएका र क्षणिक प्रेममा परेर गरिएका विवाहहरू बढी जोखिममा पर्ने गरेका छन् ।

विवाह केका लागि ? सँगै बस्ने साथीका लागि, खाना पकाएर खुवाउने मान्छे चाहिएकाले, स्याहारसुसार चाहिएर, यौनसम्बन्ध या बच्चा पाउनलाई, श्रीमान् या श्रीमतीले पाल्छ कि भनेर या के का लागि ? आफैँसँग यो प्रश्न गरेर स्पष्ट जवाफ तयार भएपछि विवाह गर्नेहरूलाई वैवाहिक जीवन धान्न सजिलो हुन्छ । तर, यसमा प्रतिप्रश्नहरू पनि जरुरी हुन्छन् । कसैले पाल्छ भनेर गरिएको विवाह भोलि उसले पाल्न नसक्ने अवस्था आयो भने के गर्ने ? बच्चाका लागि भनेर गरिएको विवाह बच्चा नहुने अवस्था आए के गर्ने ? यी र यस्ता कुराहरूको विकल्पसहित सोचेर गरिएका विवाहहरू शायद सफल हुन्छन् । तर, यति सोच्न सक्ने हुनुअघि नै धेरैको विवाह भइसकेको हुन्छ । पहिलापहिला ज्योतिषीय दृष्टिकोणबाट दुवैजनाको चिना हेरेर विवाह गर्ने चलन थियो । चिनाले मानिसको चरित्र देखाउने हुँदा कुन स्वभावको मान्छेलाई कस्तो जीवनसाथी भन्ने विश्लेषण गरेर विवाह गर्ने चलन थियो । हिजोआज धेरैजसो बाहिरी आवरण मात्रै हेरिन्छ । विवाहमा आवरणभन्दा सोचले महत्व राख्छ ।

साँझ हुने झगडामा ‘म तिमीसँग अब कुनै हालतमा बस्न सक्दिनँ, भोलि नै अब अदालत जान्छु’ भन्दै भोलिपल्ट सामान्य दिनचर्यामा रहने, फेरि केही दिनपछि यही संवाद दोहो¥याउने गर्दै कति जोडी ‘सँगै’ बाँचिरहेका होलान्, अनुमान गर्न सकिन्छ । कतिले चाहिँ त्यहाँसम्म नपुगी अनेक आरोप–प्रत्यारोपबीच सम्बन्धलाई अगाडि बढाइरहेको देखिन्छ । सम्बन्ध पुनः जोडिनै नसक्ने गरी ध्वस्त भइसक्दा पनि जबर्जस्ती धान्न खोजिरहेकाहरूको सङ्ख्या यहाँ ठूलो छ ।

कतिपय मानिस भन्ने गर्छन्– वैदेशिक रोजगारीले पारिवारिक संरचना ध्वस्त बनायो । लोग्ने या स्वास्नी विदेशमा काम गर्न गएका कारण विवाहेत्तर सम्बन्ध मात्र होइन सम्बन्धविच्छेद पनि बढ्यो । तर, सम्बन्धहरू त सँगै बसेकाहरूबीचको पनि बिग्रिरहेकै छन् । सँगै जिउन नसकेर अदालतसम्म पुगेका ती मुद्दाहरूमध्ये कमै मात्र वैदेशिक रोजगारीसँग जोडिएका छन् । कतिपयले भनेको सुनिन्छ, महिलाहरू सशक्त भए, यो सब सशक्तीकरणको प्रतिफल हो । तर, घरसंसारबाहेकको कुरा थाहै नपाएकाहरूले पनि सम्बन्धविच्छेदका लागि मुद्दा हालिरहेका छन् । सशक्तीकरण सम्बन्धविच्छेदको सूचक बन्न पनि हुँदैन । धेरैले भन्छन्– शिक्षाले महिलामा चेतना भऱ्यो, त्यसैले सम्बन्धविच्छेद सामान्यझैँ बन्न लाग्यो । तर, मुलुकभरिका जिल्ला अदालतमा परेका मुद्दाहरूलाई हेर्ने हो भने यसलाई पनि सम्पूर्ण सत्य मान्न सक्ने अवस्था छैन । वर्तमानमा देखिएको सत्यचाहिँ के हो भने लोग्ने–स्वास्नीका अधिकांश सम्बन्धहरू बिग्रँदै/भत्कँदै गएर निकै ठूलो खाडलमा परिणत हुँदै गएका छन् ।

हिजोआज सामाजिक सञ्जालमा विवाहको यति वर्ष पुग्यो, यतिका वर्ष वितेको थाहै भएन भनेर धेरैजसोले लेखेको देखिन्छ । जसले समय बितेको साँच्चिकै थाहा पाएनन् तिनले लेख्नैपर्दैन । जसले पलपलमा सम्बन्धको मूल्य चुकाए, चुकाइरहेका छन्, तिनलाई त्यति लेखेर भए पनि सन्तुष्टि लिनुछ । सामाजिक सञ्जालमा पतिपत्नीका सम्बन्धहरू फस्टिएझैँ देखिए पनि अदालतका पछिल्ला तथ्याङ्कले नेपाली समाज फरक अवस्थातिर ढल्किरहेको सङ्केत गर्छ ।

सम्बन्धविच्छेदको कुरा हाम्रो समाजमा पहिला महिलाको मात्र प्रतिष्ठाको विषय बनाइन्थ्यो । तर, केही समययता पुरुषहरू पनि यसबाट नराम्ररी पिरोलिएको देखिन्छ । महिलाहरूले आफूमाथि भएका अन्यायलाई व्यक्त गर्न सक्ने ठाउँहरू छन्, निकायहरू छन् । यो समाजले पहिला जसरी ठूला निर्णायक स्थानहरूमा महिलाको सहभागिता र तिनको ‘मास्क्युलिन’ भूमिकाको कल्पना गरेन त्यसैगरी पुरुषहरूमाथि हुन सक्ने अन्यायको परिकल्पना पनि गरिएको रहेनछ । फलतः महिलाहरूले आफूमाथि भएका घटना भन्न सक्ने, आफूमाथिको पीडामा रुन सक्ने वातावरण यो समाजमा छ । आफूलाई सधैँ ‘बहादुर’ देखाउनुपर्ने पुरुषहरूले भने यो मामिलामा सङ्कुचनताको परिधिलाई नाघ्न सकेका छैनन् । यसको असर पुरुषलाई मानसिक र मनोवैज्ञानिक मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत परेको देखिन्छ । हर्ट एट्याट, डाइबिटिज, प्रेसरलगायतका रोग पुरुषमा बढी छन् । जुन रोगहरूसँग तनावको प्रत्यक्ष सम्बन्ध छ । आफूले दुःख गरेको कमाई गुमाउनुपर्दाको पीडा पनि त्यत्तिकै छ ।

सम्बन्धविच्छेद के कारणले हुन्छ ? आखिर सम्बन्धहरू किन यसरी टुटिरहेका छन् ? यसको खोजी हामीकहाँ गरिएको छैन । बढ्दो सम्बन्धविच्छेदको कारण बुझ्नका लागि अदालतमा दिइने परम्परागत निवेदन पनि बाधक छ । आफ्नै कमाइमा बाँचिरहेका भए पनि लोग्नेले खान–लाउन दिएन, कुटपिट ग¥यो जस्ता कुराहरू लेखेर महिलाले निवेदन हालेपछि सम्बन्धविच्छेदको प्रक्रिया अघि बढ्छ । महिला हुन् या पुरुष जे भएको हो त्यही कुरा लेखेर सम्बन्धविच्छेद गर्ने कानुनी प्रक्रिया अघि बढ्यो भने यसको कारण स्पष्ट हुनेछ ।

नेपालको कानुनमा पहिला पुरुषहरूलाई सम्बन्धविच्छेद गर्न गाह्रो थियो, महिलाले चाहे भने कुनै पनि बेला गर्न सक्थे । तर, अब पुरुषले पनि चाहेको बेला सम्बन्धविच्छेद गर्ने व्यवस्था गरिएको छ । मुलुकी देवानी संहिता, ऐन, २०७४ ले पतिले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको छ । सम्बन्धविच्छेदसम्बन्धी व्यवस्थाको धारा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न पाउने अवस्था यसरी उल्लेख गरिएको छ– पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी अलग बसेमा, पत्नीले पतिलाई खान–लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने या अरू कुनै मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा । पत्नीले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था पनि करिब उस्तैउस्तै छन् । पहिलाकोमा थप गरिएका बुँदामा पतिले जबर्जस्ती करणी गरेमा भन्ने छ । नयाँ कानुनले पतिको भन्दा बढी कमाइ भएकी पत्नीले सम्बन्धविच्छेद गर्न चाहेमा खर्च भराईको व्यवस्था गर्नु नपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया






2K Shares
Share2K
Tweet
+1
Share