नारायणटारमा एनसीसी बैंकको शाखा

नारायणटारमा एनसीसी बैंकको शाखा


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.कोे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नारायणटार (जोरपाटी)मा सञ्चालित शाखा कार्यालयको एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उदघाटन गरेका छन् । शाखा उदघाटन गर्दै नगरप्रमुख चालिसेले यस क्षेत्रमा अन्य बैंकहरूको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धी रुपमा सहज र गुणस्तरीय सेवा पुऱ्याउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने भन्दै शुभकामना व्यक्त गरे ।

सो अवरसमा सोही नगरपालिकाका वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरू क्रमशः नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ प्रणालीमा समावेश गर्दै सेवा पु¥याउन सफल हुनेछ भन्दै शुभकामना व्यक्त गरे ।

लायन्स क्लबका व्यक्तित्वहरू अनन्तप्रसाद भेटवाल र कुमार सुवेदी एवं चामुण्डा माध्यमिक विद्यालयका प्राचार्य यादव प्रसाद पौडेलले समेत शुभकामना व्यक्त गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरूबाट समेत सहयोगको अपेक्षासहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान वनाउने कुरामा आफू विश्वस्त रहेको विचार राखे ।

कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरूको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप यो शाखा बैंकका शाखाहरू मध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरे ।