लघुकथाका लागि लघुयात्रा -दीपकमणी ‘दाजुभाइ’

लघुकथाका लागि लघुयात्रा -दीपकमणी ‘दाजुभाइ’


हामी दौडिरहेका छौँ ।
हस्याङफस्याङ गर्दै हामी नयाँ बानेश्वर पुग्छौँ । हतारहतार गाडीमा चढ्छौँ । गाडीमा प्राज्ञ भाउपन्थी, कृष्ण शाह यात्री, लघुकथाकार डा. रविन्द्र समीर, हर्रि्रसाद भण्डारी र कवि ठाकुर बेल्वासे छन् । हामीसँगैको अर्को गाडीमा हुनुहुन्छ- लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, कथाकार सुमन शौरभ, कवि महेश रेग्मी र साहित्यकार होमराज आचार्य । बाटामा थपिन्छन्- कवि तुलसीहरि कोइराला र छविरमण सिलवाल ।
सयौँपटक हिँडेको बाटो र ठाउँको यात्रा यो । पनौती जाँदै छौँ हामी । काभ्रे जिल्लाको ऐतिहासिक सहर पनौती । पनौती हामी दर्जनौँ पटक पुगिसकेका छौँ । २०४९-५० सालतिर हुनुपर्छ रर्‍यालेका कवि मंगल श्रेष्ठको सक्रियतामा हामीले पनौतीको विशेष कवि गोष्ठी गरेका थियौँ । त्यो हाम्रो पहिलो साहित्यिक यात्रा थियो । त्यसो त चालीसकै अन्ततिर हुनुपर्छ हामी खोपासीसम्म पुगेका थियौँ । खोपासीको पावरहाउस नै हो हामीले पहिलोपटक देखेको पावरहाउस ।
प्ाछिल्लोपटकचाहिँ हामी गत वर्ष बाह्रवर्षो मेलाको अवसरमा पनौती पुगेका थियौँ । तर, आजको यात्रा भिन्न छ । लघुकथा समाज र पनौती साहित्य समाजको आयोजनामा हुन लागेको विशेष लघुकथा गोष्ठीमा हामी जाँदै छौँ ।
औपचारिक-अनौपचारिक गफहरू साुरु हुन्छ । कोटेश्वरपछिको ६ लेनको फराकिलो बाटो आकर्षक देखिन्छ । गाडीमा अनवरत गुडिरहुँजस्तो । प्राज्ञ भाउपन्थीको यतातिरको यात्रा पहिलो रहेछ । कोटेश्वरपर उहाँ पुग्नुभएको रहेनछ । त्यही भएर पनि उहाँको जिज्ञासा मेट्दै गाडीमा गुडिरहँदा रमाइलो लाग्छ ।
पलाँसे पुगेपछि हामी कवि गोबर्द्धन पूजालाई सम्भिmन्छौँ । उसलाई लिएर हामी दर्जनौँ पटक यहाँ आएका छौँ- पानी परेका दिनहरूमा । पानी पर्‍यो कि हामी यता आउँथ्यौँ र औपचारिक-अनौपचारिक सन्दर्भहरूसँग जोडिन्थ्यौँ ।
‘यो पलाँसे ।’ हामी भाउपन्थी दाजुलाई जानकारी दिन्छौँ । उहाँ हामीले देखाएतिर आँखा फाल्नुहुन्छ । रमाइलो फाँट, लोभलाग्दा डाँडाकाँडा र नीलो आकाश सबै उस्तै देखिन्छ जस्तो पहिले-पहिले हामी यहाँ आउँदा देखिन्थ्यो । अहिले थपिएको भनेको साँगाको अग्लो महादेव मात्रै रहेछ । मानवनिर्मित भगवान् । त्यसो त भगवान्ले मान्छे बनाएको भनिए पनि भगवान् जन्माउने पनि मानिस नै हो जस्तो लाग्छ । मानिस नहुँदो हो त के भगवान्को अस्तित्व सम्भव छ –
हामी भाउपन्थी दाजुलाई अग्लो महादेवको बारेमा बताउँछौँ । उहाँ रमाइलो मान्दै थप जानकारीहरू लिनुहुन्छ । उहाँले रमाई-रमाई सोधिरहेकोले होला हाम्रो उत्साह थपिन्छ । अझ लघुकथाकार हर्रि्रसाद भण्डारीको बोलीमा रहेको पश्चिमी शैली र व्यवहारमा रहेको आफ्नोपनले हामी थप रोमाञ्चित बन्छौँ । उहाँ भन्नुहुन्छ, ‘तिमेरु आऔ न अछामतिर ।’ अछाममा भण्डारी प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँको निमन्त्रणलाई हामी सहर्ष स्वीकार गर्र्छौं र कुनैबेला मिलाएर जाने भनेर अनौपचारिक निर्णय पनि गरिहाल्छौँ ।
साँगा पुगेपछि हाम्रो गाडी दीपेन्द्र प्रहरी स्कुलतिर मोडिन्छ । स्कुल प्रागङ्गणमा भेटिन्छन् दुई साहित्यिक साथीहरू कथाकार राजुबाबु श्रेष्ठ र गीतकार हरिहर तिमिल्सिना । दुवै हाम्रो स्वागतमा मुस्कुराउनुहुन्छ । स्वागतद्वारमा उभिएका दुई खम्बाजस्ता देखिने दुवै साथीको मुस्कान र आतिथ्यले हामीलाई थप आनन्दित बनाउँछ । छोटो तर आत्मिक बसाइपछि हामी बनेपातर्फ लाग्छौँ ।
ब्ानेपाको आफ्नै ऐतिहासिक महत्त्व छ । अझ यो जनमतको सहर हो । मोहन दुवालको । मोहन दुवाल भनेको नयाँ स्रष्टाहरूलाई माया गर्ने नाम हो । उहाँको मायाले धेरै नयाँ स्रष्टा हर्ुर्किएका छन् । स्थापित भएका छन् । यही ऐतिहासिक र साहित्यिक सहरको बगलमा नै पर्छ पनौती । पनौतीको कुरै नगरौँ । पनौती पुरानो सहर मात्रै होइन । ऐतिहासिक र धार्मिक महत्त्व पनि उत्तिकै छ । अझ यसमा पनि विशिष्ट सांस्कृतिक पहिचानका कारण पनौती महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।
प्ानौती बजारभन्दा अलि माथि रेडक्रसको सभाहलमा लघुकथा गोष्ठीको आरम्भ हुन्छ । मुलुकका राम्रा र प्रतिनिधि लघुकथाकारहरूको उपस्थितिमा हुन लागेको यस गोष्ठीमा स्थानीय सहभागिता भने कम देखिन्छ ।
‘हामी कति मान्छे थिए भन्दा पनि कस्ता मान्छे थिए भन्नेलाई महत्त्व दिन्छौँ,’ श्रीओम दाजुले स्थितिलाई सुखद बनाउनुभयो औपचारिक मन्त्यव्यका क्रममा, ‘पनौतीका स्रष्टाहरूको उत्साह, उहाँहरूको आथित्य र पनौतीका सिर्जनाले हामी साँच्चि नै प्रभावित भएका छौँ ।’ श्रीओम दाजुको भनाइमा हाम्रो पनि सहमति रहन्छ । हुन पनि पनौतीका लघुकथाहरू प्रभावशाली नै देखिए । पनौतीका स्रष्टाहरूको वाचनशैली पनि सुन्दर थियो । अझ लघुकथाले दिनुपर्ने झट्का उनीहरूमा प्रसस्तै देखियो ।
त्यसो त काठमाडौंबाट गएका स्रष्टाहरूका लघुकथा पनि कम थिएनन् । लघुकथामा प्रतिबद्ध भएर लागेका स्रष्टाहरूको लघुकथा एक से एक थिए । सुमन शौरभको भिन्न र नयाँ विषयवस्तुको लघुकथा होस् या अघिल्लो रात मात्रै लेखिएको भनिएको डा. रविन्द्र समीरको लघुकथा, रंगकर्मी कृष्ण शाह यात्रीको लघुकथा होस् या स्थानीय स्रष्टा डा. पुष्पराज ताम्राकारको गठेमंगल- सबैमा आ-आफ्नै शिल्प र क्षमता थियो । जसले कार्यक्रमको गरिमा र उपलब्धिलाई उचो राख्न मद्दत गर्‍यो ।
कविताको दबदबा रहेको नेपाली साहित्यमा यसरी लघुकथाका लागि भएको पहललाई सराहनीय मान्नुपर्छ । अझ निजी क्षेत्रमा स्रष्टाहरू स्वयम्बाट स्थापित लघुकथा समाजले स्थानीय साहित्यिक समूहसँग मिलेर गरेको यस कार्यक्रमले उपत्यकाबाहिर पनि लघुकथालाई लिएर जाने जुन परम्पराको थालनी गरेको छ, यो सम्मानयोग्य कुरा हो ।
लघुकथा गोष्ठीका केही विशिष्ट सम्झना छन् । जस्तो, कार्यक्रममा वाचन गरिएका लघुकथामाथि अन्तर्राष्ट्रिय दृष्टिकोणसहित साहित्यकार होमराज आचार्यले समीक्षा गर्नु, कार्यक्रमका प्रमुख अथिति भाउपन्थीले खुलै दिलले कार्यक्रमको प्रशंसा गर्नु, मोहन दुवालले उपत्यका र पनौतीबीच पुलको काम गर्नु, स्थानीय स्रष्टाहरूले शक्तिशाली लघुकथा सुनाउनु र कवितामा प्रस्ट पहिचान बनाइसकेका कविहरू महेश रेग्मी र ठाकुर बेल्वासे विधागत सहिष्णुणताका साथ सहभागी हुनु कार्यक्रमका विशिष्ट सन्दर्भ हुन् ।
त्यसो त स्थानीय स्रष्टा डा. सुमनराज ताम्राकार र र्सर्ूयप्रसाद लाकोजुका साना सङ्ग्रहहरूले कार्यक्रममा बेग्लै मजा दियो । मुठ्ठीभित्र अटाउने साना उहाँहरूका कृतिहरू एउटा हाइकुको थियो भने अर्को लघुकथाको- त्यो आफैंमा सुन्दर कुरा थियो ।
अझ कार्यक्रमपछि पनौती घुम्नुको मजा नै बेग्लै । त्यो ऐतिहासिक स्थल, देवदेवल र पौराणिक नदीले सम्पन्न पनौतीको सुखद् सम्झना लिएर हामीहरू काठमाडौं फर्किन्छौँ ।