फुजैराह ओपन तेक्वान्दोमा निमा र सुमित्रालाई कांस्य

फुजैराह ओपन तेक्वान्दोमा निमा र सुमित्रालाई कांस्य


निमा गुरूङ र सुमित्रा खत्रीले संयुक्त अरब इमिरेट्समा भएको ६औँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । फुजैराहस्थित शेख जायद स्पोर्टस् सिटीमा भएको खेलमा निमाले ५३ केजी र सुमित्राले ७३ केजी तौलसमुहमा कांस्य पदक हात पारेको नेपाली टिमका प्रशिक्षक रोशन खानले जानकारी गराएका थिए ।

सुमित्रा सेमिफाइनलमा काजखकिस्तानसँग यलुबेय एगुलसँग पराजित भएपछि कांस्य पदकमै सीमित भएकी थिएन् । त्यसअघि क्वार्टफाइनलमा सुमित्राले युएईकी लतिफा रसुललाई हराउँदै पदक पक्का गरेकी थिइन् । त्यस्तै महिला ५३ केजी तौलमसमूहको सेमिफाइनलमा नेपालकी निमा जापानकी कियोक नागनोसँग स्तब्ध भएकी थिइन् । त्यसअघि निमाले क्वार्टरफाइनलमा रूक्या अलिलाई हराएकी थिइन् ।

सिनियर पुरुषतर्पm ७३ केजीमा जयदेव पौडेल, ६३ केजीमा नेपालका दुई खलाडी रिमोन महर्जन, दिपेन्द्रबहादुर नेपाली, ७४ केजीमा विनोद थापा तथा जुनियर महिला ४४ केजीमा जेस्मिन गुरुङको चुनौती पहिलो चरणमै समाप्त भएको थियो । उनीहरु पदक विहिन रहे ।