२ करोड लगानीमा हेल्थ वाटर किङ्डम पार्क

२ करोड लगानीमा हेल्थ वाटर किङ्डम पार्क


रुपन्देहीको मंगलापुरमा लुम्बिनी हेल्थ वाटर किङ्डम प्रालि सुरु भएको छ । २ करोड भन्दा बढीको लगानीबाट निर्माण शुरु गरिएको यो राजधानी बाहिरको पहिलो पार्क भएको छ ।

४४ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यो पार्कमा ६१ जना लगानीकर्ताहरू रहेका छन् । उक्त वाटर पार्कमा हालसम्म वेभ पुल, दुईवटा एडल्ट्स पुल, तीनवटा किड्स पुल, स्लाइडरहरु, रेन्बो, फुटसल, आदिको निर्माण पुरा गरी सञ्चालन थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनलाई फाइदा पुराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अध्यक्ष गोपालबहादुर पोख्रेलले बताए ।

पोख्रेलले रुपन्देही जिल्ला व्यापारिक केन्द्र भएकाले र ५ न प्रदेशको राजधानी बुटवल भएकाले पनि जलसम्बन्धी मनोरन्जनको स्थानले महत्व पाउने र यसले मनोरन्जन मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने वबाए । उक्त स्थानमा रेस्टुरेन्ट, म्युजमेन्ट, वाटरवडी, रेनडान्स आदि निर्माणाधीन अबस्थामा रहेको अर्का सञ्चालक माधव नेपालले बताए ।

नेपालका अनुसार वाटर पार्कमा रहने रेस्टुरेन्टमा सबै परिकार शाकाहारी रहेका छन् भने बालबालिका, युवायुवती तथा जुनसुकै उमेरका व्यक्ति वाटर पार्कमा रमाउन सक्ने ब्यबस्था रहेको छ ।

वाटरपार्कमा एकपटकमा करिब १५ सय जनाले सेवा लिन सक्ने अर्का संचालक कृष्णप्रसाद खनालले बताए । उनले विदेशमा स्वास्थ्यका लागि वाटर पार्क निकै प्रभावकारी मानिने र यसले स्वच्छ रहन र व्यायामको भूमिका पनि निर्वाह गर्ने भएकाले यो कन्सेप्ट ल्याई आफूहरुले पार्क सञ्चालन गरेको बताए ।
२० जनाले अहिले नै रोजगारी पाएको खनालले बताए । उक्त वाटर पार्कसंञ्चालनमा यस क्षेत्रका उद्योगी, बैंकर, कलेजका अध्यक्ष, होटल ब्यबसायी लगायतका प्रमुख रहेका छन् ।

– चन्द्रकान्त खनाल