आइएमई जनरल इन्स्योरेन्सको शाखा विस्तारमा तिव्रता

आइएमई जनरल इन्स्योरेन्सको शाखा विस्तारमा तिव्रता


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना–कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप एक शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो ।

शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखा उद्घाटन कार्यक्रममा राईले देशको विभिन्न भागका जनतालाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गरए ।

त्यसैगरी स्थानीय उद्योगी व्यापारीलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यावसाय तथा सम्पित्तको बीमा गराएर उच्चकोटीको सेवा लिन पनि उनले आग्रह गरे ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पित्तको पूरा मूल्यमा बीमा गराई ढुक्कसँग व्यवसाय सञ्चालन गर्न उपस्थित सबैलाई आग्रह गरे । कम्पनीले देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वशनीय सेवा प्रदान गर्ने जानकारी गराए । उद्घाटन भएको शाखासहित कम्पनीको २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधानकार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जनाउँदैै निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालय खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गन बताए ।