मोडल अदितीले दिइन् यस्तो सल्लाह

मोडल अदितीले दिइन् यस्तो सल्लाह


‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमले आफ्नो ब्राण्ड एम्वेसडरको रूपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ ।

आज (फागुन ३ं) एक पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले उक्त घोषणा सार्वजनिक गरेको हो । कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केसी र नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

ब्राण्ड एम्बेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई छालालाई स्वस्थता प्रदान गर्दै चम्किलो बनाउने हुनाले आफूले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएको खुलासा गर्दै सबै नेपाली महिला तथा पुरुषलाई पनि प्रयोग गर्न सल्लाह दिएकी थिइन् ।