मार्ने कि जगाउने देशको माया ?

मार्ने कि जगाउने देशको माया ?


– सुुशील देवकोटा

मानिस रोगी भएर अस्पताल भर्ना गरिएको छ भने डाक्टरले उसको रोगको उपचार गरी उसलाई स्वस्थ बनाउने प्रयास गर्छन् । तर, कतिपय अवस्थामा मानिसलाई लागेको रोग उपचार गर्न नसकिने अवस्थामा पुुग्छ र उसले मृत्युुवरणसमेत गर्नुुपर्ने हुुन्छ । उपचारबाट अब रोग निको हुँदैन भन्ने स्पष्ट भएपछि डाक्टरहरूले समेत भन्छन्– अब माया मारे हुुन्छ । त्यस मानिसको आफन्तहरूका लागि यो बहुुत कठिन समय हुुन्छ । आफ्नो स्वजनको मृत्युुको समय पर्खेर बस्नुुपर्ने अवस्थाको कल्पना मात्रै गर्दा पनि कहाली लाग्छ । अनि यस्तो परिस्थितिमा ती मानिसको उपचारका लागि अन्य आफन्तले दिएको सुुझावहरूको सम्झना हुुन थाल्छ र प्रायः भनेको सुुनिन्छ, हरे शिव ! बरु पहिले नै यसो गरेको भए हुुने रै’छ ! बरु पहिले नै फलानोले भनेको मानेको भए यो अन्तिम अवस्था आउँदैनथ्यो कि ? तर, समय घर्किसकेकोले आफ्नो प्रियजनको मृत्युु कुुरेर बस्नुुबाहेक अन्य विकल्प बाँकी रहँदैन । समयमा ध्यान नपुु¥याउँदा कहिलेकाहीँ सामान्य रोगले पनि भयानक रूप लिन्छ र त्यही रोग प्राणघातक नै पनि बनिदिन्छ ।

अहिले हाम्रो देशको अवस्था ठ्याक्कै त्यही अस्पताल भर्ना गरिएको रोगीको जस्तै छ । सामान्यतः मानिसलाई लापरबाही, उमेर, गलत खानपान वा वंशानुुगत दोषजस्ता कारणले रोग लाग्छ वा लाग्न सक्छ भने हाम्रो देशलाई चाहिँ रोग लगाइँदै छ । जानाजान रोग लगाइँदै मात्रै छैन कि त्यो रोगलाई निको नहुुने अवस्थामा समेत पुुऱ्याउने सकेसम्मको प्रयास गरिँदै छ । हाम्रो देशलाई पछिल्लो दश वर्षदेखि रोगको कुण्डमा धकेलिँदै छ र हामीचाहिँ मूकदर्शक भएर हाम्रो देशलाई रोगले च्याप्दै गएको तमासा हेरिरहेका छौँ ।

देश तब मात्र स्वस्थ हुन्छ जब त्यो देशलाई सञ्चालन गर्ने नेताहरूको मन स्वस्थ हुन्छ अर्थात् स्वार्थरहित हुन्छ । जब मनमा राष्ट्रप्रेम हुन्छ तब आफ्ना निजी स्वार्थहरू गौण भइदिन्छन् । तर, जब निजी स्वार्थको पलडा भारी हुन्छ तब यसको ठीक उल्टो हुन्छ । मतलब देश र जनताको कुनै मतलब नै हुँदैन र गरिँदैन । हाम्रो देशमा हाल यही भइरहेको छ । निजी स्वार्थमा लिप्त भएर आफ्नो लगाम अदृश्य शक्तिको हातमा सुम्पिएर गर्व गर्ने नेताहरूले गर्दा देशलाई झन्झन् रोगले च्याप्दै छ ।

यदि हाम्रो देशको राजनीतिका सबैभन्दा ठूला खलनायक गिरिजाप्रसाद कोइरालाको मन स्वार्थी नहुँदो हो त नेपालमा गणतन्त्र आउँदैनथ्यो होला । तसर्थ केही मानिसले बन्दुक बोकेर निर्दोष नेपालीको गर्दन रेटेर त्यसलाई आन्दोलनको नाम दिएकैले देशमा गणतन्त्र आएको भनेर कसैले सोच्छ भने त्यो गलत सोचाइ हो भन्न हिचकिचाउनुपर्ने कुनै कारण छैन । देशले नचाहेको र जनताले नमागेको गणतन्त्रलाई चोर बाटोबाट छिराएर विधिवत् रूपमा हाम्रो देशलाई रोगी बनाउन थालिएको हो आजभन्दा दश वर्षअघिदेखि ।

एउटा स्वस्थ मानिसलाई रोगी बनाउन धेरै ठूलो मिहिनेत गर्नैपर्दैन । उसलाई नपच्ने वा उसको शरीरलाई अमिल्दो र खान नहुने खानेकुरा दिनु नै पर्याप्त हुन्छ । किनभने ती खानेकुरा त्यो मानिसको नियमित पाचन शैलीसँग मिल्दैनन् र उसकोे शरीरले त्यो खानेकुरा स्वीकार गर्न सक्दैन र परिणाम ऊ रोगी हुन्छ । ठीक त्यस्तै गरी एउटा देशलाई रोगी बनाउन पनि त्यस देशलाई अति आवश्यक भएका चिजहरू हटाएर त्यस देशलाई चाहिँदै–नचाहिने चिजहरू लादिदिए पुग्छ । यो कार्य बडो कुुशलता र सफलताका साथ गर्दै छन् हाम्रा नेताहरू ।

भोलि उसले भन्ला फलानो श्रीमान् श्रीमतीको सम्बन्धविच्छेद गराउनुू नत्र म अनशन बस्छुु, प्रधानमन्त्री पदको नाम परिवर्तन गरेर पियन राख्नुु ! देश के यस्तै हठले चल्छ ? त्यसो हो भने देशमा नियम–कानुन किन चाहियो ? तर, यहाँ मनन गर्नैपर्ने कुुरा के छ भने यो कुुनै लहडीको लहड मात्रै पक्कै होइन । यो नियोजित र प्रायोजित कदम हो । यी सबै नेपाललाई विघटन गर्ने/गराउने चाल हो र उनीहरू त्यस चालका मोहराहरू हुुन् । उनीहरू नेपाल विघटन गराउने आफ्नो हरेक चालमा सफल हुुँदै गइरहेका छन् र नेपाल र नेपाली क्रमशः हार्दै गइरहेका छन् । आईसीयूूमा पुुगिसकेको देश झन्झन् सिकिस्त अवस्थामा पुुग्दै छ ।

कुुनै पनि देश तबसम्म मात्रै सुुरक्षित हुुन्छ जबसम्म त्यस देशलाई कुुनै न कुुनै भावनारूपी डोरीले एक सूत्रमा बाँधेर राख्न सफल हुुन्छ । अनि देश तब मात्र असुुरक्षित वा विघटित गर्न सकिन्छ जब त्यस देशलाई त्यसरी एक सूत्रमा जोड्ने डोरी झिनाल्न सकिन्छ । यो कुुरा राम्रोसँग बुुझेका ती अदृश्य शक्तिको रिमोटबाट सञ्चालित नेताहरूले यसै कारणले प्रहार त्यही डोरीमा गरिरहेका छन् भन्ने बुुझ्न हामीले जति ढिलो गर्छौँ परिणाम उति नै भयानक हुुनेछ । नियोजित रूपमा नेपाल र नेपालीलाई एक सूत्रमा बाँध्ने माला चुुँडाउँदा पनि हामी यसैगरी चुुपचाप बस्ने हो भने नेपाल इतिहासमा कुुनै देशको दास भएन भन्ने गौरवको त कुुरै छोेडौँ हामी नेपाली हौँ र हाम्रो देश नेपाल हो भन्ने कुुरा नै इतिहासको पानामा मात्रै सीमित हुुनेमा कुुनै शङ्का नगरे हुुन्छ ।

राजतन्त्र, हिन्दूूधर्म र नेपाली भाषा भएसम्म नेपाललाई विघटन गर्नै सकिँदैन भन्ने बुुझेकाहरू छानी–छानी ती तिनैको अस्तित्व मेटाउन लागिपरेका छन् । यस प्रयासमा उनीहरू राजतन्त्र र हिन्दूूधर्म हटाउन सफल भइसके भने अबको उनीहरूको प्रहार नेपाली भाषा र भेषतर्फ केन्द्रित भएको छ । देशमा क्षेत्रीयतावादी सोचजस्तो विषवृक्षलाई मलजल गरेर आफ्नो राजनीतिको दोकान चलाइरहेका महन्थ ठाकुरले एकातिर मधेस बेग्लै राष्ट्र भएको सार्वजनिक अभिव्यक्ति दिन्छन्, अर्कोतिर अब त्यस प्रदेशको संसद्मा नेपाली राष्ट्रिय पोसाक भनेर चिनिने गौरव पाएको दौरा–सुुरुवाललाई औपचारिक रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिन्छ । यसले के सन्देश दिन्छ भन्ने स्पष्ट छ ।

यातायातका साधनहरूमा राखिने यातायात दर्ता सङ्ख्यामा समेत देवनागरी लिपि हटाएर अङ्ग्रेजी अक्षरको प्रयोग गर्नैपर्ने जुुन फरमान जारी गरिएको छ त्यो पनि नेपाली भाषामाथिको मात्रै नभएर अब बचेको नेपाललाई एक सूत्रमा बाँध्ने अन्तिम कडी माथिको प्रहार हो । किनभने नेपाली भाषारूपी डोरी पनि चँुुडालिदिएपछि अब नेपाललाई एक सूत्रमा बाँध्ने अन्य कुुनै कडी बाँकी रहँदैन । त्यसपछि मात्रै नेपाललाई चाहे जसरी विभाजन गर्न सकिन्छ र अदृश्य शक्तिबाट आएको आदेश र त्यो शक्तिको चाहना पूरा गर्दै आफ्नो निजी स्वार्थ पूरा गर्न सकिन्छ भन्ने नेपाल विघटन गर्न खोज्नेहरूले राम्रोसँग बुुझेका छन् । नत्रभने भइरहेको देवनागरी लिपिको नम्बर प्लेटलाई अङ्ग्रेजीमा परिवर्तन गर्नुुपर्ने कुुनै कारण नै छैन । यो परिवर्तन गर्दैमा न यातायात साधनको चोरी रोकिन्छ न ट्राफिक जाम कम हुुन्छ न दुुर्घटनामा नै न्यूूनीकरण हुुन्छ । यदि अन्तर्राष्ट्रियकरण गर्न खोजिएको हो भने पनि पहिला बाटोको स्तर अन्तर्राष्ट्रिय मापदण्डको हुुनुुपर्छ । सवारीचालकको ज्ञान अन्तर्राष्ट्रिय मापदण्डको हुुनुुपर्छ । हठात निर्णय गरेर नम्बर प्लेट परिवर्तन गराउने आदेशले सवारीचालकमा अतिरिक्त व्ययभार थप्नुुको नत्र अर्को कारण के हो ?

यसरी देशलाई एक सूत्रमा बाँध्ने डोरीमाथि एकातिर आक्रमण हुुँदै छ भने अर्कोतिर देशको संवैधानिक निकायहरूमाथि गरिने आक्रमण पनि जारी राखिएको छ । अख्तियार दुुरुपयोगमाथिको आक्रमणको राप सेलाउन पनि नपाउँदै अहिले न्यायपालिकामाथिको आक्रमणलाई तीव्र बनाइएको छ । देशको सर्वोच्च न्यायालयका सर्वोच्च पदाधिकारीलाई बिना कुुनै प्रमाण आफूुलाई बुुद्धिजीवी भन्ने र डाक्टरको प्रमाणपत्र बोकेका एकजना मानिसबाट नियोेजित रूपमा आक्रमण गराइँदै छ ।

चारजना मान्छे कसैको पछाडि जानी–नजानी लागे भन्दैमा अब के उसले जे बोले पनि हुुने हो ? तल्लो स्तरको भाषा प्रयोग गर्दै जोसुुकैलाई पनि सार्वजनिक रूपमा गाली गर्न पाउने हो ? के ऊ देशको नियम, कानून र संविधानभन्दा माथिको मान्छे हो ? जनताले तिरेको करबाट सरकारले दिने तलब खाने सरकारी सेवकको दायित्व के यही हो ? डाक्टर र नर्सको ठूूलो टिमका साथ स्लाइन चढाएर अस्पताल परिसरभित्र जीवन सुुरक्षित गर्दै अनशनको नाममा जसले जति घुुर्की पनि देखाउन पाउने हो ? र, हरेकपटक सरकार त्यस्ता अहम् ब्रह्मा भन्ने घमण्ड पलाएकोहरूको अगाडि झुुक्नैपर्ने हो ? बिना कुुनै ठोस प्रमाण जोमाथि जे आक्षेप पनि लगाउन पाइन्छ ? जति तल्लोस्तरको भाषा पनि प्रयोग गर्न पाइन्छ ? यदि ठोस प्रमाण नै छ भने पनि कुुनै पनि व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने एउटा बेग्लै तरिका हुुन्छ । नियम–कानुन हुुन्छ । फलानो मान्छेलाई त्यो पदमा नियुुक्ति नदिनुु नत्र म अनशन बस्छुु रे अनि फलानो मान्छेलाई पदमुुक्त गर्नू नत्र म अनशन बस्छुु रे ! भोलि उसले भन्ला फलानो श्रीमान् श्रीमतीको सम्बन्धविच्छेद गराउनुू नत्र म अनशन बस्छुु, प्रधानमन्त्री पदको नाम परिवर्तन गरेर पियन राख्नुु ! देश के यस्तै हठले चल्छ ? त्यसो हो भने देशमा नियम–कानुन किन चाहियो ? तर, यहाँ मनन गर्नैपर्ने कुुरा के छ भने यो कुुनै लहडीको लहड मात्रै पक्कै होइन । यो नियोजित र प्रायोजित कदम हो ।

यी सबै नेपाललाई विघटन गर्ने/गराउने चाल हो र उनीहरू त्यस चालका मोहराहरू हुुन् । उनीहरू नेपाल विघटन गराउने आफ्नो हरेक चालमा सफल हुुँदै गइरहेका छन् र नेपाल र नेपाली क्रमशः हार्दै गइरहेका छन् । आईसीयूूमा पुुगिसकेको देश झन्झन् सिकिस्त अवस्थामा पुुग्दै छ । अब बाँकी छ भने माथि उल्लेख गरिएजस्तै डाक्टरले आएर ‘अब माया मारे हुुन्छ’ भन्ने उद्घोेष गर्न मात्रै बाँकी छ । त्यसपछि हरे शिव ! बरु पहिले नै यसो गरेको भए हुुने रै’छ ! बरु पहिले नै फलानोले भनेको मानेको भए यो अन्तिम अवस्था आउँदैनथ्यो कि ? भनेर पछुुताउनेबाहेक अन्य विकल्प रहनेछैन भनेर हामी सबै नेपालीले जति चाँडो बुुझ्यौ उति देशका लागि राम्रो हुुनेछ ।