रुकुममा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

रुकुममा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा


ग्लोबल आइएमई बैंकले आज (२ फागुन ०७४)देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९, सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । सिम्लीमा खोलिएको सेवाको सानीभेरी गाउँपालिकाप्रमुख नरबहादुर पुनले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानीय जीवन खड्कालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको ग्लोबल आइएमई बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दाहरू बैंकिङ सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमईले यस्ता स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ भने मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।