एमाले–माओवादी एकता आजै टुंग्याउने तयारी

एमाले–माओवादी एकता आजै टुंग्याउने तयारी


एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता आजै टुंग्याउने तयारी गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन नेकपा एमालेसँग पार्टी एकताको टुंगो लगाएर कार्यकर्तालाई सकारात्मक सन्देश दिने तयारी भएको बताएका छन् ।

आज पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले नेपालमा समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीहरु मिल्नैपर्नेमा जोड दिए । जनयुद्धका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि मूलधारमा आउन आग्रह गरे ।

एमाले अध्यक्ष केपी ओलीले पनि जनयुद्धलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत ठकुवा गरे ।