पशुपतिमा होहल्ला मच्चाउने बाबासहित एकदर्जन बढी पक्राउ

पशुपतिमा होहल्ला मच्चाउने बाबासहित एकदर्जन बढी पक्राउ


पशुपतिमा होहल्ला मच्चाउने बाबासहित एकदर्जन बढी पक्राउ परेका छन् ।

शिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसरमा गाँजा बिक्रि गर्ने, सेवन गर्ने र होहल्ला गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । पक्राउ पर्नेहरुमा बाबाहरु समेत रहेको बुझिएको छ ।

महानगरीय प्रहरी वृत्त गौशलाको हिरासतमा १२ जना छन् भने महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ । गाँजा खरिद बिक्रि गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पशुपति क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । चोरी तथा लुटपाट हुन सक्ने भएकाले सादा पोशाकमा समेत प्रहरीहरु समेत खटाइएको छ ।