पशुपतीमा चोर समात्न सादा पोसाकमा प्रहरी परिचालन

पशुपतीमा चोर समात्न सादा पोसाकमा प्रहरी परिचालन


शिवरात्रिको अवशरमा पशुपतीमा आज दर्शनार्थीको भीड लागेको छ । भीडमा लुटेराहरु सक्रिय हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसरले चोर समात्न सादा पोसाकमा प्रहरी परिचालन गरेको छ ।

विशेषत: महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष्य गरेर यो वर्ष शिवरात्रिमा प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ ।  सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएको परिसरले जनाएको छ ।

यसैबीच, शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिएका छन् । प्रहरीका मात्रै चार हजार तीन सय ७४ जना खटिने जनाइएको छ ।