केन्याविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

केन्याविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने


आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन टू’अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नामिबियामा जारी खेलमा कप्तान पारस खड्काले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र केन्या दुवै आईसीसी लिग च्याम्पियन्सिपबाट घटुवामा परेका टोली हुन् । सो प्रतियोगितामा नेपालले केन्यासँग घरेलु मैदानमा खेलेको १ खेल जितेको थियो भने अर्को १ नतिजा सुम्पिएको थियो ।

प्रतियोगिताको शीर्ष २ मा पर्दै विश्वकप छनोट खेल्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ ।

३ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट अंकविहीन केन्या भने पुछारमा छ ।

यसअघिका दुवै खेल हारे पनि केन्या निकै बलियो प्रतिद्वन्द्वी हो ।