जोशीको स्मृतिमा फुटसल प्रतियोगिता हुने

जोशीको स्मृतिमा फुटसल प्रतियोगिता हुने


भारोत्तोलनका चर्चित खेलाडी स्वर्गीय सुनिलराज जोशीको स्मृतिमा अन्तरसंघ आमन्त्रित फुटसल प्रतियोगिता हुने भएको छ । नेपाली खेलाडी तथा प्रशिक्षक संघले जनाएअनुसार प्रतियोगिता आगामी फागुन २४ र २५ गते दुई दिन सञ्चालन हुनेछ ।

खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा हुन गइरहेको उक्त फुटसल प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रजिष्ट्रेसन शुल्क राखिएको छ ।

प्रतियोगितामा विजयी टीमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रो स्थान हासिल गर्नेले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सहप्रायोजकमा काठमाडौं महानगरपालिका र ब्लु क्रस हस्पिटल रहेका छन् ।