डेंगु र स्क्रप्सटाइपसको महामारी रोक्ने पूर्वतयारी

डेंगु र स्क्रप्सटाइपसको महामारी रोक्ने पूर्वतयारी


गत वर्ष रुपन्देहीमा देखिएको डेगु र स्क्रप्सटाइपसको महामारि फैलिएपछि यसवर्ष नियन्त्रण रोक्न स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूसँग छलफल सुरु गरिएको छ । इपीडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले महामारीजन्य रोग रोक्नको लागि २ दिने पुर्वतयारीका विषयमा छलफल गरेको हो ।

अधिराज्यमै सबैभन्दा बढी डेगुरोगीका बिरामी बुटबल र दोश्रोमा चितवन देखिएपछि यस वर्ष नदोहोरियोस् भनेर हामीले स्थानीय जनप्रतिनिधि र सरकारी तथा निजी अस्पतालसँग छलफल गरेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रमेश लामिछानेले बताए ।

‘निजी सरकारी तथा जनप्रतिनिधिलाई कसरी रोक्न सकिन्छ भनिन्छ भनेर छलफल गर्यौँ’, उनले भने । गत वर्षको घटना स्मरण गर्दै आफूहरू सुरुदेखि नै सक्रिय भएकोले महामारी फैलन नसक्ने उनले दाबी गरे । छलफलमा बुटबल नगरपालिका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले मात्र एक्लो प्रयासले केही नहुने भन्दै निजीअस्पताल तथा स्थानीय सबैको सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पताल बुटबलमा प्रमुख डा. कृष्ण खनालले बेड किट अभावको बीच पनि आफुहरूले ब्यवस्थापन गरेको उल्लेख गर्दै गत वर्षको जस्तो अवस्था नदोहोरिनको लागि सबै सचेत हुनपर्ने बताए ।

गत वर्ष डेङ्गुको किटमा समस्या भएको बताउँदै उनले गुणस्तरीय किट खरिद गर्न मन्त्रालय/विभागलाई आग्रह गरे । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी १ हजारमा डेङ्गु फेला परेको र तिबनमा ५ सयभन्दा बढीमा फेला परेको खनालले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रशासक केयरसिंह गोदारले रुपन्देहीका अरु स्थानमा भन्दा बढी बुटबलमा फेलापरेको बताउँदै बुटबल नगरपालिका बढि चनाखो हुनुपर्ने बताए । नगरपालिकाले बुटबललाई टायरमुक्त नगर बनाउन समेत आग्रह गरे ।

– चन्द्रकान्त खनाल