कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा

कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा


हिमालयन बैंक लि. र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुनस्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएकोे हो ।

रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमा दक्षिण कोरियाका लागि नेपालका राजदूत अर्जुनजंग बहादुर सिंह लगायत नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कामु उप–निर्देशक मीना अधिकारी, हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा, युमा श्रेष्ठ तथा क्युएस रेमिट दक्षिण कोरिया तर्फबाट कम्पनी अध्यक्ष ली जोङ टिइग तथा सञ्चालक मिनसियो पार्क र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

बताइएअनुसार ली जोङ टिइगले यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने विश्वास व्यक्त गरेका छन् । दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृतिप्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्पmत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा आठ हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

हिमालयन बैंक लि. तथा एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

हिमालरेमिट सो बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।