भूकम्पपीडितले दोस्रो किस्ता रकम चैत्र मसान्तसम्म लिन पाउने

भूकम्पपीडितले दोस्रो किस्ता रकम चैत्र मसान्तसम्म लिन पाउने


भूकम्पपीडितले दोस्रो किस्ता रकम चैत्र मसान्तसम्म लिन पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको हो ।

प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न लिन पाउने गरी समय थप गरेको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्राधिकरणको बैठक बसेको थियो । बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको प्राधिकरणका एक अधिकारीले बताए ।

अब पहिलो किस्ता रकम लिएका र दोस्रो किस्ताका लागि मापदण्ड पुगेका निजी आवास पुनर्निर्माण गरिरहेका नागरिकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम लिइसक्नु पर्नेछ ।