कसरी रोक्न सकिन्छ अब नेपालको विभाजन ?

– देवप्रकाश त्रिपाठी

नेपाली राष्ट्रियता र राष्ट्रिय एकतामा उत्पन्न खतराका सङ्केतलाई लिएर कसैले कुनै टीका–टिप्पणी गरेमा टिप्पणीकर्तामाथि ‘परिवर्तनलाई आत्मसात् गर्न नसकेको’ आरोप लगाइन्छ र उसका विचारलाई महत्व दिइँदैन । पञ्चायतकालमा प्रजातन्त्रका पक्षमा प्रकट अभिव्यक्तिलाई जुनस्तरमा उपेक्षा गरिन्थ्यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रियताका मुद्दा त्यसैगरी उपेक्षित या बहिष्कृत हुन पुगेका छन् ।

सङ्घीय गणतान्त्रिक संरचनामा मुलुक जाँदैमा त्यसले राष्ट्रियतालाई कुनै प्रकारको क्षति नपुऱ्याउने दाबी गर्नेहरू राष्ट्रवाद र राष्ट्रियताको पक्षमा प्रकट आवाजलाई ‘महेन्द्रवादी सोच’ पनि भनिदिन्छन् । जसले जे भने पनि नेपालले हाल शुरु गरेको सङ्घीय गणतन्त्रात्मक अभ्यासले मुलुकलाई ढिलो या चाँडो विखण्डन गर्नेमा शङ्का गरिरहनुपर्ने अवस्था रहेन, कसरी देशको विखण्डन हुन सक्छ त्यसको एउटा सानो तस्बिर प्रस्तुत गर्ने प्रयास यहाँ गरिएको छ ।

दार्शनिक दृष्टिमा देशहरू भ्रम हुन्, मानिसले मनमा रचना गरेको एउटा चित्र मात्र हो देश । त्यसो त पूर्वीय आध्यात्मिक मान्यताले जीवन र जगत्लाई नै मिथ्या भन्ने निष्कर्ष निकालिदिएको छ । यसरी व्यापक अर्थमा विषयलाई बुझ्ने या ग्रहण गर्ने हो भने जीवन या देशको भ्रममा अल्झिएर मानिसले तनाव पैदा गर्नुहुन्न भन्न पनि सकिएला, तर भ्रमभित्रको वास्तविकता के हो भने हामी छौँ, जीवन छ र हामीले रगत–पसिना बगाएर सिर्जना गरेको देश पनि छ, जहाँ हामी उभिएका छौँ ।

नेपाल नाम दिइएको यस भूमिको आफ्नै इतिहास, पहिचान, संस्कृति, धर्म, परम्परा र प्रकृति छ । यो मुलुकको अनेक विशिष्टतामध्ये एक विविधता हो । प्राकृतिक विविधता, जैविक विविधता, भाषिक तथा सांस्कृतिक विविधता र विविधताका बीचमा गज्जबको सद्भाव र एकता नै नेपालको अद्वितीय विशेषता हो । ०६३ को परिवर्तनपछि नेपालको यही विशिष्टतालाई ध्वंश गर्ने यत्न हुँदै आएको छ र नेपालकै उच्च पद हासिल गरेर नाम कमाउन खोजेकाहरूले दाम बुझेर भविष्यमा साबिकको नेपाल नरहने परिस्थिति सिर्जना गरिदिएका छन्, त्यो कसरी ?

‘मेरा पिताले मेरी मातालाई विधि र प्रक्रिया नपुऱ्याईकन विवाह गरेको हुनाले म मेरा पिता र उनले रचेको विवाहलाई मान्यता दिन्नँ’ भन्ने सन्तान पनि हुन सक्छन् । परिवारमा कलह नै निम्त्याउने हो भने यसरी झगडाको निहुँ झिक्न सकिन्छ र ०६३ को परिवर्तनपछि नेपालमा यस्तै प्रकारका निहुँ झिकेर तनाव बढाइएको हो, बढाउने प्रयास अझै जारी छ । धर्मपुत्र या पुत्री बनेर परिवारमा थपिएका व्यक्तिले आफ्नो वास्तविकताबारे जानकारी पाएपछि नियतवश अनेक निहुँ झिकेर परिवारमा कलह पैदा गर्न सक्छन् र यस्ता मानिसको व्यवहार अत्यन्त निर्मम हुन सक्छ ।

आफू ‘त्यस’ परिवारको प्राकृतिक सदस्य नभएको तथ्यबोध भएपछि त्यस्ता व्यक्ति बाबुआमा, दिदीबहिनी र दाजुभाइ तथा इष्टमित्रहरूप्रति संवेदनहीन बन्छन्, परिवारमा विभाजन गराएर आफ्नो तुच्छ स्वार्थ पूरा गर्ने कपटी चाहना त्यस्ता धर्मपुत्र/पुत्रीमा हुन सक्छ, नेपालमा पछिल्लो समयभित्र एकथरीबाट प्रकट व्यवहार कृतघ्न धर्मपुत्र÷पुत्रीको भन्दा पृथक् देखिएको छैन । नेपालको सार्वभौमिकता विभाजन गरेर सात भूभागमा वितरण गरिनुलाई ‘महान् उपलब्धि’का रूपमा चित्रण गरिएको छ र विभाजनकारीहरूको दृष्टिमा यो ‘महान् उपलब्धि’ नै हुन पनि सक्ला । नेपाली राष्ट्रियता र राष्ट्रिय एकता एवम् अखण्ड नेपालप्रति समर्पित व्यक्तिका निम्ति हाल शुरु भएका प्रायोजित अभ्यास कुनै पनि दृष्टिले उचित र उपयुक्त ठहर हुन सक्नेछैन, किन ?

सुडानको इतिहास र वर्तमानको नेपालसँग तुलनात्मक अध्ययन गर्दा धेरै समानता देखापर्छन् । त्यहाँ दक्षिणका बासिन्दा सङ्घर्षको माध्यमबाट किस्ताबन्दीमा माग पूरा गर्दै अन्ततः जनमतसङ्ग्रहमार्फत अलग्गिने निर्णयमा पुगेका थिए । यहाँ पनि किस्ताबन्दीमा माग पूरा गराउँदै जाने र अन्ततः देश विभाजन गराउने कपटपूर्ण खेल शुरु भएको छ । कदाचित देश विभाजन भएमा त्यतिमै सीमित हुनेछैन । पृथ्वीनारायणले कब्जा गरेको भन्ने दाबीसहित नेपालको सम्पूर्ण समथर भूमि हात लगाउन युद्ध रचिने सम्भावनालाई राज्यले अहिले नै देख्न सक्नुपर्छ ।

संविधानमा उल्लिखित सात प्रदेश गत मङ्सिर २१ गते निर्वाचन सम्पन्न भएपछि भूगोलमा अनुवादित भएका छन् । सात प्रदेशमा सात संसद्, सरकार, न्यायपालिका, सुरक्षा निकाय, प्रशासन र बेग्लाबेग्लै नीति, नियम तथा कानुनको अभ्यास प्रारम्भ हुने भएकोले विभाजन र विखण्डनमा रमाउनेहरू अब पछि हट्न–हटाउन नसकिने अवस्था पैदा भयो भनेर खुसी मनाउँदै छन् । यसका लगानीकर्ताहरू आफ्नो लगानी उपलब्धिमूलक भएकोमा प्रसन्नता साटासाट गर्दै पनि होलान् । अखण्ड नेपालका हिमायती, नेपालआमाका सच्चा सन्तानचाहिँ दुःखी हुनुपर्ने किन हो भने अब देशमा बहुराष्ट्र देशको विधिवत् आरम्भ भएको छ र यसले अन्ततः देशको विखण्डनलाई वैधानिकता दिनेछ ।

केही अबुझ, अल्पज्ञानी र अल्पदृष्टि या निर्दोष मन भएका मानिस नेपाल टुक्रिन सक्छ या नेपालको विद्यमान नक्सा बदलिन सक्छ भन्ने कुरामा पटक्कै विश्वास गर्दैनन् । यस्ता मानिसको विश्वास सही हुन सक्छ र तिनकै विश्वास प्रमाणित होस् भन्ने कामना पनि गरिन्छ । तर, केही तथ्य र तर्कले भविष्यमा साबिकको नेपाल यथावत् कायम रहला भन्न मिल्ने अवस्था दर्शाउँदैन । दृष्टान्तका निम्ति हाल दुई नम्बर भनिएको प्रदेशलाई लिन सकिन्छ । सो क्षेत्रमा समथर भूमिकेन्द्रित समूहहरू राष्ट्रिय राजनीतिक दलहरूभन्दा बलियो देखिएका छन् । स्थानीय, प्रादेशिक र संसदीय निर्वाचन परिणामले उनीहरूलाई राष्ट्रिय राजनीतिक दलहरूभन्दा बलियो सिद्ध गरेको हो ।

हाल निर्वाचनमा सहभागी भई विजयी या पराजित बनेका क्षेत्रीयतावादी समूहका नेता–कार्यकर्ताहरू प्रदेशलाई नेपालबाट अलग्याउने सोच र योजनामा नहुन सक्छन् । दु्रतगतिमा पदीय हैसियत प्राप्त गर्ने महत्वाकाङ्क्षाले मात्र त्यहाँका राजनीतिजीवीहरूलाई क्षेत्रीयताकेन्द्रित सोच बनाउन बाध्य गराएको हुन सक्छ । सिङ्गो नेपालको रक्षा गर्ने इच्छा, क्षमता र हैसियत पनि उनीहरूमा हुन सक्छ । नेपालको एकीकरणमा तराईका बासिन्दाले पुऱ्याएको योगदान र तराईवासी साधारण जनतामा रहेको नेपालप्रतिको ममताको विवेचना गर्दा देशबाट प्रदेश अलग्गिएर नजाने विश्वास गर्न पनि सकिन्छ । तर, यति हुँदाहुँदै पनि समयमै सतर्कता अपनाइएन भने दुई नम्बर प्रदेश खण्डित हुने सम्भावना छ, देखिन्छ ।

हाल क्षेत्रीयतावादी समूहका सम्मानित एवम् सर्वोच्च मानिने नेता महन्थ ठाकुरले बहुराष्ट्रको दाबीसहित ‘मधेस’ बेग्लै राष्ट्र भएको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । दश वर्षअघि र त्यसभन्दा पहिले नेपाली नागरिकताको प्रमाणपत्र सहज उपलब्ध गराइयोस् र मधेसीलाई भिन्न व्यवहार नगरियोस् भन्ने धारणा राख्ने महन्थ ठाकुरहरूले नागरिकतालगायत धेरै मागको सम्बोधन राज्यले गरेपछि ‘सङ्घीयता’ मागेको र सङ्घीयताको माग पूरा भएपछि उहाँहरू नेपाल बहुराष्ट्र मुलुक भएको दाबी प्रस्तुत गर्दै दुई नम्बर प्रदेशको नेपालभन्दा भिन्न इतिहास, भिन्न पृष्ठभूमि, भिन्न धर्म, संस्कृति, परम्परा, भाषा र वेशभूषा रहेको बताउँदै हुनुहुन्छ । मौका पर्दा पृथ्वीनारायण शाहले बलजफ्ती आफ्नो भूभाग कब्जा गरेको भन्न पनि महन्थ ठाकुरहरू हिचकिचाउनुहुन्न ।

उहाँहरूको यस्तो सोच र अभिव्यक्तिले पृथकतावादीहरूलाई प्रोत्साहन दिने त छँदै छ, अलग्गिनका लागि जगाधार बनाउने पनि निश्चित छ । मागहरू क्रमशः थपिँदै र किस्ताबन्दीमा पूरा हुँदै गएको तथ्यलाई स्मृतिमा राखेर भविष्य विचार गर्दा जस्तो तस्बिर देखिन्छ त्यसैलाई शब्दचित्रमा उतार्ने प्रयास यहाँ गरिएको हो । सङ्घीयताको कार्यान्वयन महन्थ ठाकुरहरूको उच्च प्राथमिकताको विषय थियो, चुनावले सङ्घीयता कार्यान्वयनको निश्चितता दिएको छ । प्रदेश सत्ताले आकार लिइनसक्दै दुई नम्बर प्रदेशमा नेपाल जनाउने सबै चिनोहरू मेट्ने क्रम शुरु भइसकेको छ । नेपाली भाषाप्रति वैरभाव राख्नेहरूलाई प्रोत्साहित गर्ने काम महन्थहरूबाट भएको छ भने संसद्भित्र मर्यादापालकको रूपमा उपस्थित हुने सुरक्षाकर्मीले नेपाली औपचारिक पोसाक पहिरन नपाउने निर्णय गरिएको छ ।

कुनै पनि मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा एवम् प्रवद्र्धनमा भाषा, भेष र धर्म–संस्कृतिको सर्वाधिक महत्वपूर्ण योगदान रहन्छ, महन्थहरूले प्रहार पनि त्यहीँबाट शुरु गर्नुभएको छ । महन्थहरूको सोच, भावना र गन्तव्य प्रतिकूल मूल्य–मान्यता राख्ने मानिसका निम्ति बस्न अयोग्य र अनुपयुक्त जमिनका रूपमा दुई नम्बर प्रदेशलाई विकास गर्न खोजिएको छ । प्रदेश सरकार गठन भइसकेपछि दुई नम्बर प्रदेशले प्रादेशिक सत्ताको अधिकार बढाउन अनेकौँ माग राख्दै सङ्घर्ष गर्नेछ । स्थानीय तह र केन्द्रमा रहेका सबैजसो अधिकार ‘खोसेर प्रयोग गर्ने’ अभ्यास दुई नम्बर प्रदेशमा हुनेछ । यसअघि सिरहा, सप्तरी र धनुषातिर हुने सङ्घर्ष राजनीतिक आवरणका समूहहरूबाट सञ्चालन गरिन्थ्यो, त्यसको राजकीय हैसियत हुँदैनथ्यो ।

तर, अब राजकीय हैसियत प्राप्त सरकार आफैँ सङ्घर्षमा उत्रनेछ र माग पूरा नभएसम्म उनीहरू पछि हट्ने छैनन् । त्यस्तो अवस्थामा नेपाल सरकारलाई महन्थहरूको माग पूरा नगर्न जति कठिनाइ हुन्छ त्योभन्दा ठूलो कठिनाइ माग पूरा गर्न हुनेछ । अधिकारसम्पन्न तुल्याइएमा त्यसपछि त्यहाँ उठ्ने माग भनेकै स्वतन्त्र देशको हो र नयाँ पुस्तालाई प्रदेश सत्ताले यसैअनुकूल शिक्षा तथा तालिम दिनेमा शङ्का गरिरहनुपर्ने छैन । पाठ्यक्रमहरू प्रदेश सरकारले निर्धारण गर्ने र सोहीअनुरूप अध्ययन–अध्यापन गराई बेग्लै प्रकारको जनशक्ति उत्पादन गर्ने, नेपाली भाषा र भेषको प्रयोगलाई निरुत्साहित गर्ने र प्रदेशले करिबकरिब एउटा बेग्लै राष्ट्रको अभ्यास गर्ने जुन पृष्ठभूमि बनाइँदै छ, त्यसले कालान्तरमा उक्त प्रदेश नेपालको युनियन (सङ्घ) अन्तर्गत रहिरहन्छ भनेर ढुक्क हुन सक्ने दर्शाउँदैन । आफ्नै सेना र मुद्राका लागि आवाज उठाउने, सङ्घर्ष गर्ने र त्यस्तो माग सहज पूरा नभए प्रदेश सरकारद्वारा जनमतसङ्ग्रह गराई नेपालबाट अलग्गिने निर्णयमा पुग्न सम्भव छ ।

हाल राजनीतिमा क्रियाशील नेताहरू र जनता नेपाल विभाजनको पक्षमा नभए पनि सीके राउतहरू यस्तै अवस्था बनाउनका लागि गिद्धझैँ प्रतीक्षारत छँदै छन् । प्रदेश सत्तालाई अधिकारसम्पन्न बनाउने उद्देश्यले भएको अर्थात् हुने सङ्घर्षका कारण नेपाल सरकार माग पूरा गर्न तयार भयो भने त्यसपछि पनि दुई नम्बर प्रदेश शान्त रहने विश्वास गर्न सकिँदैन । सङ्घर्षमा उत्रिएको एउटा प्रदेशलाई मात्र अधिकारसम्पन्न बनाइने भन्ने हुँदैन । एउटा प्रदेशले पाएको अधिकार अन्यले पनि खोज्नु स्वाभाविक हुन्छ । प्रदेशहरूलाई अधिकार ज्यादा हुँदा भेनेजुएलाले जुन नियति भोग्यो त्यस्तै नियति नेपालले पनि व्यहोर्नुपर्ने हुन्छ । प्रदेशहरू अधिकारसम्पन्न हुँदा देशले शान्ति, स्थायित्व, एकरूपता, विकास र समृद्धि हासिल गर्न नसकेपछि हालै भेनेजुएलामा केन्द्र बलियो भएको सङ्घीय अभ्यासमा जाने गरी संविधान तर्जुमा गरिएको छ ।

संयुक्त राज्य अमेरिकाले पनि दुईपटक भीषण गृहयुद्धको सामना गरेको हो र त्यहाँ पनि केन्द्रलाई बलियो बनाइएको छ । छिमेकी मित्रराष्ट्र भारत सङ्घीय (युनियन) संरचनामा नगई एउटा मुलुक बन्न जति मुस्किल थियो, केन्द्र बलियो भएको सङ्घीय अवधारणाको अभ्यास नगरिएको भए आजको नक्सामा भारत यथावत् रहन झनै मुस्किल हुन सक्थ्यो ।

संयुक्त राज्य अमेरिकाले पनि दुईपटक भीषण गृहयुद्धको सामना गरेको हो र त्यहाँ पनि केन्द्रलाई बलियो बनाइएको छ । छिमेकी मित्रराष्ट्र भारत सङ्घीय (युनियन) संरचनामा नगई एउटा मुलुक बन्न जति मुस्किल थियो, केन्द्र बलियो भएको सङ्घीय अवधारणाको अभ्यास नगरिएको भए आजको नक्सामा भारत यथावत् रहन झनै मुस्किल हुन सक्थ्यो । प्रान्त अधिकारसम्पन्न भएको अभ्यासमा नेपाल गयो भने यसको विखण्डन अवश्यम्भावी छ । दुई नम्बर प्रदेशले भविष्यमा गर्ने सङ्घर्ष र त्यसले पैदा गर्ने तनावलाई ‘क्रस’ गरेर अघि बढ्ने सोच नेपालको केन्द्रीय सत्ताले बनायो भने पनि उक्त प्रदेश आफैँले जनमतसङ्ग्रहको आयोजना गरी नेपालबाट अलग्गिने निर्णय लिन सम्भव छ । सुडानको इतिहास र वर्तमानको नेपालसँग तुलनात्मक अध्ययन गर्दा धेरै समानता देखापर्छन् । त्यहाँ दक्षिणका बासिन्दा सङ्घर्षको माध्यमबाट किस्ताबन्दीमा माग पूरा गर्दै अन्ततः जनमतसङ्ग्रहमार्फत अलग्गिने निर्णयमा पुगेका थिए ।

यहाँ पनि किस्ताबन्दीमा माग पूरा गराउँदै जाने र अन्ततः देश विभाजन गराउने कपटपूर्ण खेल शुरु भएको छ । कदाचित देश विभाजन भएमा त्यतिमै सीमित हुनेछैन । पृथ्वीनारायणले कब्जा गरेको भन्ने दाबीसहित नेपालको सम्पूर्ण समथर भूमि हात लगाउन युद्ध रचिने सम्भावनालाई राज्यले अहिले नै देख्न सक्नुपर्छ । घटनाक्रमले इतिहास, पृष्ठभूमि, दुई नम्बर प्रदेशलाई केन्द्र मानेर राजनीतिमा सरिक कतिपय समूहका नेताको चरित्र र सोच, विदेशी शक्तिको प्रभाव र लगानी तथा नियतसमेतको विश्लेषणका आधारमा हाल दुई नम्बर भनिने प्रदेश जोगाउन नेपाललाई जति कठिनाइ हुनेछ, उक्त प्रदेश छुट्टिइसकेको अवस्थामा बाँकी समथर भूभागको रक्षा गर्न त्योभन्दा मुस्किल हुने देखिन्छ ।

वास्तवमा नेपालको तराई महन्थ ठाकुरहरूले भन्ने गरेजस्तो नेपालभन्दा भिन्न राष्ट्रिय अस्तित्व बोकेको भूगोल होइन/थिएन । राजा महेन्द्रले सुदूरपश्चिमको तराईमा महेन्द्रनगर नामक शहर विकास गरेको, वीरशमशेरको समयमा वीरगन्ज, चन्द्रशमशेरको शासनकालमा चन्द्रनिगाहपुर र अमलेखगञ्ज तथा जंगबहादुर राणाको कार्यकालमा कर्णेल सिद्धिमान राजभण्डारीले नेपालगञ्ज शहर बसाएको तथ्यसमेतलाई विचार गर्दा तराई परापूर्वकालदेखि नै नेपालको अभिन्न अङ्ग थियो भन्ने स्पष्ट गर्दछ । पृथ्वीनारायण शाहले पाल्पा, मकवानपुर, विजयपुर र चौदण्डीका राजाहरूलाई परास्त गरी देशको एकीकरण गर्दा स्वतः नेपाल बनेको भूभाग नै आजको दुई नम्बर भनिने प्रदेशसमेत हो ।

राजा मुकुन्द सेन (सन् १५४०–१५७५) का पाँच छोरामा राज्यको भाग लाग्दा मकवानपुरको भावरका साथ बडियानालादेखि कमलासम्मको पर्सादेखि महोत्तरी र तलहट्टीसमेत लोहाङ सेन (सन् १७७५–१६१०) को भागमा परेको थियो । मुकुन्द सेनले बुटवलदेखि कमला नदीसम्मको समतल भूमिलाई अधीनस्थ गरेका थिए । उनका छोरा लोहाङ सेनले विजयपुरलाई आफ्नो नियन्त्रणमा लिएपछि दूधकोसीदेखि इलाम र सप्तरी तथा मोरङ क्षेत्र स्वतः उनको अधीनस्थ हुन पुगेको थियो । पछि विधाता इन्द्र सेन विजयपुरका राजा हुँदा मकवानपुरका राजा शुभ सेनलाई उनको सीमाक्षेत्र (जनकपुर) भित्र आई पूर्णियामा रहेका मुगल नबाब इस्फुन्दियार खानले दक्षिणका केही भूभाग बलजफ्ती कब्जा गरेर बन्दी बनाएका थिए ।

विजयपुरका राजा विधाता इन्द्र सेन दलबलसहित जनकपुरमा धावा बोलेर शुभ सेनलाई मुक्त गराएका थिए । सोही खुसियालीमा आयोजित भोजमा कालु उपाध्याय नामक व्यक्तिले छलकपट गरी विधान र शुभ (काका र भतिजा) लाई औरङ्गजेवको कब्जामा पु¥याएका थिए, त्यो अलग पाटो हो । तर, जनकपुरलगायत तराईको भूभाग मकवानपुर राज्यअन्तर्गत थियो भन्ने तथ्य यस ऐतिहासिक घटनाले पुष्टि गर्दछ ।

दूधकोसीपारिको माझकिराँत र सप्तरी आसपासको क्षेत्र समेटेर बनेको चौदण्डी राज्यको ब्रिटिस इन्डिया सरकारसँग व्यापारिक सम्बन्ध स्थापित भएको थियो । चौदण्डीका राजा कर्ण सेनले तराईका सल्लाको रूख र सल्लाको खोटा (चोप) इस्टइन्डिया कम्पनीलाई बिक्री गरी वर्षेनी धेरै ठूलो लाभ हासिल गर्ने गर्दथे । खोटे सल्लाको काठबाट जहाजको मस्तुल र खोटोबाट बार्नेस बनाउन उनीहरूले चौदण्डीसँग व्यापारिक सम्झौता गरेका थिए । यसले तराई पहिलेदेखि नै नेपाली राज्यको स्वामित्वमा रहेको पुष्टि गर्दछ ।

काठमाडौंका राजा जयप्रकाश मल्ललाई पृथ्वीनारायण शाहका विरुद्ध सहयोग गर्न आएको किनलक नेतृत्वको सेनाले सिन्धुलीमा पराजय व्यहोरेपछि किनलक बचेखुचेको सेना लिई बारा, पर्सा र रौतहटको केही भाग नियन्त्रणमा लिई बसेका थिए । पृथ्वीनारायणको सेनाबाट पराजित भएपछि अपमानबोध भएर नेपालकै केही भूभाग कब्जा गरी बसेका किनलकले आफ्ना हाकिम रम्बोल्डलाई पत्र लेखी ‘मेरो पूरा हार भएको छैन, वर्षको बीस लाख आम्दानी हुने जङ्गलसहितको भूभागमा नियन्त्रण गरी बसेको छु’ भनेका थिए । किनलकले बागमतीपूर्वको सर्लाही र महोत्तरी क्षेत्र भने नियन्त्रणमा लिन सकेका थिएनन् । यस तथ्यले तराई नेपाली राज्यको एउटा हिस्साका रूपमा सदैव थियो भन्ने स्पष्ट गर्दछ ।

अनेकौँ ऐतिहासिक तथ्यहरू छन्, जसले हाल दुई नम्बर क्षेत्रका रूपमा चिनिने प्रदेशसहित तराईको ठूलो भूभाग परापूर्वकालदेखि नै ‘नेपाल’ थियो भन्ने स्पष्ट गर्दछ । तराईका आदिवासी तथा रैथानेहरूले पृथ्वीनारायणको एकता अभियानलाई कुनै न कुनै रूपले सहयोग पुऱ्याएका थिए । अहिले नेपालबाट राजसंस्था विस्थापित भएको मौका छोपेर नवआगन्तुक ‘नेपाली’हरूले पृथ्वीनारायणले आफ्नो भूमि कब्जा गरेको भनी रडाको मच्चाउँदै छन् । पृथ्वीनारायणले ‘यसो भन्नेहरू’को भूमि कब्जा गरेको हो कि ‘यसो भन्नेहरू’ले पृथ्वीनारायणको भूमि कब्जा गरेका हुन् त्यो स्पष्ट हुन बिनापूर्वाग्रह नेपाली इतिहासको अध्ययन गर्नैपर्ने हुन्छ ।

तनहुँका राजाहरू हिउँद लागेपछि जाडो छल्न आफ्नो जमिनदारी रहेको चम्पारणको तराईमा घाम ताप्न जाने गर्दथे र वसन्तको आगमनपछि मात्र उनीहरू तनहुँ फर्कने गर्दथे । त्यस्तै चौदण्डीका राजा हिउँदमा तराईको अम्बरपुरमा गई बस्ने गरेको इतिहासमा उल्लिखित छ ।

हरिद्वारदेखि दिनाजपुरसम्म लुटपाट गर्दै हिँड्ने नागा सन्न्यासीहरूलाई कारबाही गर्ने विषयमा पृथ्वीनारायण शाह र अङ्ग्रेज सरकारबीच एक सहमति बनेको थियो । दुवै देशका जनता पीडित भएको उक्त विषयमा सहमति बनेपछि ती लुटेरालाई पृथ्वीनारायण शाहले महोत्तरीमा फेला पारी (१७७४ सन्) आवश्यक कारबाही गरेका थिए । पूर्वीतराईको विषयमा ब्रिटिस इन्डिया कम्पनी सरकारले विवाद उत्पन्न (सन् १७७३-१७७४) गर्न खोज्दा गभर्नर र पृथ्वीनारायणबीच पत्राचार भएको र दस्तावेज एवम् तथ्यहरूले तराई नेपालतर्फकै भूभाग भएको पुष्टि भएपछि अङ्ग्रेज शासकहरू चुप रहनुपरेको थियो ।

विजयपुर, चौदण्डी, मकवानपुर र पाल्पालगायतका राज्य पृथ्वीनारायणको नियन्त्रणमा आउनु भनेको तराई स्वतः नेपालमा समेटिनु हो । पृथ्वीनारायण शाहका गुरु पनि मिश्र थरका (श्रीहर्ष मिश्र) हुनुले तराई र पहाडबीचको सम्बन्ध एवम् समन्वयात्मक स्थितिको सङ्केत गर्दछ । त्यसताक ब्रिटिस शासकहरू पृथ्वीनारायणबाट आफ्नै भूभाग बेतियाचाहिँ कसरी जोगाउन सकिएला भन्ने चिन्तामा रहेको इतिहासमा पढ्न पाइन्छ । विजयपुर राज्यअन्तर्गत रहेको टिष्टासम्मको भूभाग सुगौली सन्धिसँगै नेपालले गुमाउनुपरेको हो ।

यस्ता अनेकौँ ऐतिहासिक तथ्यहरू छन्, जसले हाल दुई नम्बर क्षेत्रका रूपमा चिनिने प्रदेशसहित तराईको ठूलो भूभाग परापूर्वकालदेखि नै ‘नेपाल’ थियो भन्ने स्पष्ट गर्दछ । तराईका आदिवासी तथा रैथानेहरूले पृथ्वीनारायणको एकता अभियानलाई कुनै न कुनै रूपले सहयोग पुऱ्याएका थिए । अहिले नेपालबाट राजसंस्था विस्थापित भएको मौका छोपेर नवआगन्तुक ‘नेपाली’हरूले पृथ्वीनारायणले आफ्नो भूमि कब्जा गरेको भनी रडाको मच्चाउँदै छन् । पृथ्वीनारायणले ‘यसो भन्नेहरू’को भूमि कब्जा गरेको हो कि ‘यसो भन्नेहरू’ले पृथ्वीनारायणको भूमि कब्जा गरेका हुन् त्यो स्पष्ट हुन बिनापूर्वाग्रह नेपाली इतिहासको अध्ययन गर्नैपर्ने हुन्छ ।

जे होस्, इतिहास बङ्ग्याएर विश्लेषण गर्ने, राजसंस्था विस्थापित गर्ने, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने, सार्वभौमिकता विभाजनको लागि सङ्घीयताको माग गर्ने, निश्चित भूक्षेत्रमा नेपाल र नेपाली जनाउने सबै प्रकारका चिनोहरू मेट्दै जानेजस्ता जुुन कार्यहरू भएका छन्, यसले भविष्यमा नेपाल सग्लो रहने सङ्केत दिएको छैन । तराईवासी नेपाली जनताको एकताबद्ध प्रयासमा अब अखण्ड नेपालको अस्तित्व जोगिने आशा गर्न सकिन्छ, होइन भने सङ्घीय अवधारणाको खारेजी मात्र एकीकृत नेपालको अस्तित्वरक्षाको कारण बन्न सक्छ भन्ने वास्तविकतालाई नेपाली जनताले आत्मसात् गर्नुपर्छ ।

प्रतिक्रिया






957 Shares
Share957
Tweet
+1
Share