‘तन्नम’ अध्यादेश फिर्ता नभए सय पटक अनशन बस्ने डा. उप्रेतीको चेतावनी

‘तन्नम’ अध्यादेश फिर्ता नभए सय पटक अनशन बस्ने डा. उप्रेतीको चेतावनी


अनशनको दबाबमा तयार गरी सरकारद्वारा अध्यादेश मार्फत जारी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

राजधानीमा स्वास्थ्य क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरुको सयुक्त सङ्घर्ष समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रमका बक्ताहरुले जारी विधेयक संशोधन नभइ खारेज हुनुपर्ने विचार प्रकट गरे ।

पूर्व महान्यायाधिवक्ता एवंम ख्यातिप्राप्त कानूनविद् डा. युवराज सङ्ग्रौलाले जारी चिकित्सा विधेयकले स्वाथ्य क्षेत्रका समस्या समाधान नगरी यस क्षेत्रलाई थप बर्बाद गर्ने सम्भावना देखिएको बताउनुभयो ।

उहाँले स्वदेशीलाई निषेध गरेर विदेशीलाई मात्र मेडिकल शिक्षामा लगानीको निश्चितता दिने काम विधेयकले गरेको स्पष्ट पार्दै यस्तो सोच राष्ट्रिय हित प्रतिकुल हुने बताउनुभयो ।

अर्का बक्ता डा. रामप्रसाद उप्रेतीले वरिपरि नर्श, डाक्टर र नशाबाट खानेकुरा लिएर अस्पताल भित्रै अनशन बस्ने व्यवस्था मिलाउने हो भने चौध होइन आफू सय पटक पनि अनशन बस्न सक्छु भन्दै अनशन फोविया भएर गरेको अध्यादेश जारी भएको आरोप लगाउनुभयो ।

डा. उप्रेतीले भन्नुभयो,‘जारी स्वास्थ्य क्षेत्रलाई शुद्ध समृद्ध र स्वाथ्य बनाउन सक्दैन, बरु यसले विकृति थपेको छ । यो अध्यादेश तन्नम नै हो ।’