ग्लोबल आइएमई अब बेलायतमा पनि

ग्लोबल आइएमई अब बेलायतमा पनि


ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट, ह्याम्सारमा सम्पर्क/प्रतिनिधि कार्यालय सुरुवात गरेको छ । नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक ग्लोबल आइएमईले बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

बेलायतको एल्डरसर्टस्थित सम्पर्क कार्यालयको एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे ।

सोही कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंक लि.ले देशभित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवासुविधाको प्रशंसा गर्दै बैंकको प्रगतिको कामना गरे ।

कार्यालयको उदघाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे । साथै उनले बैंकले देशभित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देशबाहिर पनि अन्य धेरै मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरु माझ बैंकको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने जानकारी गराए ।

साथै उनले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायतस्थित व्यवसाथीहरुलाई आग्रह समेत गरे । उक्त समारोहमा बेलायतको Aldershot स्थित Council Leader Mr. David Cilfford, Mayor of Rushmoo Borough Council, Sophia Choudhary, counselor Mr. Alex Crawford र Country consular Bill Withers लगायत उच्चपदस्थ ब्यक्तिहरुले आफ्नो मन्तब्य ब्यक्त गर्दै ग्लोबल आइएमई बैंक लि.ले बेलायतमा सम्पर्क/प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्पर्क/प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पुर्याउने सम्पूर्ण निकायहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

ग्लोबल आइएमई बैंकले कार्यालय खोलेपछि बैंककोे सम्पर्क कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानीसम्बन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने बताइएको छ । यसका अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ कारोबार गर्न सहज हुनेछ ।