नेपाली नेत्रहीन क्रिकेटर युएईमा सम्मानित

नेपाली नेत्रहीन क्रिकेटर युएईमा सम्मानित


नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो । सो अवसरमा नेपाली समाज र व्यक्तिगत रुपमा संकलित १ लाख ४० हजार रुपैयाँ नगदद्वारा नेपाली टोलीलाई सम्मान गरिएको थियो । उक्त रकम नेत्रहीन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।

बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा दुबईको गैरआवासीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, जनजाती महासंघ, नेपाली समाज, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीले सम्मान गरेका थिए ।

विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बत्स्याल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसिएल क्लबका अध्यक्ष शालिकराम सुबेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअरडिनेटर सकिल अलि, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्यक्ष राजेश प्रधान, नेपलिज् मुश्लिम समाजका सचिव नौमान सिद्दिकीले सम्मान गरेका थिए ।

पाकिस्तानमा र युएईले संयुक्त रुपमा आयोजक नेत्रहीन विश्वकप क्रिकेटमा नेपाली टोलीले ४ खेलमा पराजित भएको थियो भने अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको थियो ।