तौलिहवा-लुम्बिनी तथा भैरहवा-लुम्बिनी सडकको स्तरोन्नति सुरु

तौलिहवा-लुम्बिनी तथा भैरहवा-लुम्बिनी सडकको स्तरोन्नति सुरु


तौलिहवा–लुम्बिनी तथा भैरहवा–लुम्बिनी सडक खण्डको स्तरोन्नतिको कार्य सुरु गरिएको छ । आगामी २ वर्षभित्रमा बुद्ध जन्मस्थल लुम्बिनीसम्मको सडक स्तरोन्नती सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलबस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्नका लागि सहज हुने भएको छ ।

अबको दुई वर्षमा भैरहवा–लुम्बिनी तथा तौलिहवा–लुम्बिनी सडक खण्डको स्तरोन्ती सम्पन्न हुने छ । सडकको स्तरोन्नती सम्पन्न भएपछि बुद्धभूमि लुम्बिनी पुग्न सडक सास्ती व्यहोर्नुपर्ने छैन । सासेक सडक सुधार आयोजना अन्तर्गत भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नतीका लागि प्रारम्भीक काम सुरु भइसकेको छ । भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल चोकसम्मको बाटो ६ लेनको बनाइने छ । त्यस्तै, एयरपोर्ट चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म भने ४ लेनको सडक बन्ने छ ।

सडक सुधार अन्र्तगत यो सडक खण्डमा ३६ बटा यात्रु प्रतिक्षालय बन्नेछ । सडक निर्माणको क्रममा यस क्षेत्रका २१ सय रुखहरु काटिएका छन् । अब यो सडक खण्डमा ५१ सय रुख रोप्ने योजना बनेको छ । सडक स्तरोन्नतीमा प्राविधिक कामको जिम्मेवारी कोरिया ईन्जिनीयरिङ कन्सलटेन्टले पाएको छ । हाल, ६० जना प्रविधिक काम गरिरहेका छन् । प्राविधिक पक्षले पनि समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

सडक स्तरोन्नतीका लागि एसियाली विकास बैंकको १ अर्ब ९३ करोड आर्थिक सहयोग गरेको छ । हालसम्म सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रसर उद्योग, ल्याब तथा आवश्यक अस्थायी संरचना निर्माण गर्ने कामले तिब्रता पाएको छ । योजनाका अनुसार पहिलो चरणमा मंसिर सम्ममा लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर दुई लेन सडक कालोपत्रे हुनेछ ।