वसन्त पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ

वसन्त पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ


रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेलको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

हत्या अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए ।

पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ । हत्याको मुख्य योजनाकार भनिएका पुन भने फरार रहेकाले प्रहरीले खोजी गरिररहेको छ। पौडेलको गत पुष ५ गते हत्या भएको थियो ।