प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरे

प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरे


प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरेका छन् । रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी दिएकोमा सरकारप्रति आभार व्यक्त गरे ।

पदभार ग्रहण लगतै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराउनेछन् । बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने पोखरेलले सपथ गराउने छन् । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ ।

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ । संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।