मनाङ ताँचैका होमस्टे ब्यवसायी काउलेपानीमा

मनाङ ताँचैका होमस्टे ब्यवसायी काउलेपानीमा


होमस्टे अर्थात घरबास कार्यक्रमलाई थप ब्यवस्थित बनाउनका लागि मनाङको ताँचै गाउँका पर्यटन ब्यवसायीहरु लमजुङको काउलेपानी होमस्टे पुगेका छन् ।

होमस्टे ब्यवसायमा भर्खरै लागेका ताँचै गाउँका पर्यटन ब्यवसायीले काउलेपानीको कला, संस्कृति बुझ्नुका साथै पर्यटकलाई गरिने स्वागत सत्कार अनि अन्य विषयका बारेमा अध्ययन गरेको नासों गाउँपालिकाका प्रमुख चन्द्र घलेले जानकारी दिए । उनका अनुसार ताँचैं गाउँमा संचालनमा आएका होमस्टेलाई थप व्यवस्थित बनाई अन्नपूर्ण र मनास्लु पदमार्गमा आएका पर्यटकलाई होमस्टेमा राख्ने तयारी भइरहेको छ ।

पर्यटकिय सुन्दरताले भरिपूर्ण ताँचैं गाउँबाट मनाङको विकट गाउँपालिका नार्चा भूमि जान सकिनेछ, ताँचैबाट नागबेली आकारमा बगेको मस्र्याङ्दी नदीको दृश्याबलोकनका साथै आधा दर्जन बढि हिमश्रङ्खलाहरु यसै गाउँबाट देख्न सकिन्छ ।

होमस्टेबारे थप अध्ययन गर्न लमजुङको चर्चित होमस्टे काउलेपानी पुगेका उनिहरुले पर्यटकलाई गरिने स्वागत सत्कार, उनिहरुलाई दिइने खानका परिकारका साथै अन्य विषयका बारेमा अध्ययन गरेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष एवं काउलेपानी होमस्टेका अभियन्ता देउबहादुर गुरुङले जानकारी दिए ।