सुवास गजुरेल सम्मानित

सुवास गजुरेल सम्मानित


वरिष्ठ कलाकार सुवास गजुरेल सम्मानित भएका छन् । उनलाई राजधानीमा एक कार्यक्रमबीच सम्मान गरिएको हो । नेपाल देशभक्त गणतान्त्रिक मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाज परिवर्तनका लागि चलचित्र क्षेत्रबाट योगदान पु¥याएबापत गजुरेललाई देशभक्त गणतान्त्रिक सम्मान–२०७४ बाट सम्मानित गरेका हुन् । चार दशकदेखि समाज परिवर्तनका लागि कला क्षेत्रबाट अभिनय र निर्देशनका माध्यमबाट निरन्तर पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै गजुरेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो सम्मानले स्रष्टाहरूको योगदानको कदर हुनुका साथै सिर्जनामा अझ उत्साह बढ्ने विश्वास व्यक्त गरे । सो अवसरमा परशुराम चौधरी, निर्देशक राजु केसी, डब्बु क्षत्री र दृश्य सम्पादक रेणु चौधरी चलचित्र क्षेत्रबाट कलाकार सुवाससँगै सम्मानित भएका थिए । मञ्चको ११औँ वार्षिकोत्सवको अवसर पारेर सो सम्मान प्रदान गरिएको नेपाल देशभक्त गणतान्त्रिक मञ्चकी अध्यक्ष बाबा बस्नेतले बताइन् ।