खुलेआम म्याद गुज्रेका खाद्यवस्तु विक्रि–वितरण

खुलेआम म्याद गुज्रेका खाद्यवस्तु विक्रि–वितरण


लमजुङको सुन्दरबजारका अधिकांश व्यापारीले खुलेआम म्याद गुज्रेका खाद्यवस्तु विक्रि गरिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा गएको अनुगमन टोलीले यस्तो भेटेको हो ।

व्यापारी भने उपभोक्ताको स्वास्थ्यभन्दा पनि मुनाफाको पछि दगुर्ने गरेको अनुगमन टोलीले जनाएको छ । त्यसैले कुनै न कुनै रुपमा उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य हुन्छन् । व्यापारीको बदमासीका कारण उपभोक्ता अखाद्यवस्तु प्रयोग गर्न बाध्य भएका हुन ।

जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा सुन्दरबजार नगरपालिका वडा नम्बर ६ खत्रीठाँटी बजार अनुगमन गरेको थियो । अगुमनका क्रममा किराना पसल, खाजा पसल तथा होटलहरुमा म्याद गुज्रेका खाद्यवस्तु विक्रि भइरहेको पाइएको छ । अनुगनका क्रममा भेटिएका म्याद गुज्रेका अखाद्यवस्तु जफत गरेर नष्ट गरिएको छ ।

नियमित बजार अनुगमन नहुँदा उपभोक्ता अखाद्यवस्तु प्रयोग गर्न बाध्य छन् । त्यसैले, नियमित अनुगमन हुनुपर्ने सरोकारवार बताउँछन् । बेलबेलामा बजार अनुगमन गरिनुलाई सकारात्मक रुपमा लिनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठको भनाइ छ ।

समय–समयमा हुने बजार अनुगमनले व्यापारी र उपभोक्ता दुबैलाई सचेत बनाउने उनको दावी छ ।

गुणस्तरीय खाद्यवस्तु प्रयोग गर्नु पाउनु नागरिकको अधिकार हो । व्यापारीले गुणस्तरीय सामान बेच्नुपर्छ । नागरिक पनि गुणस्तरीय सामान प्रयोगका लागि सचेत बन्नुपर्छ ।