गुडिरहेको बसमा आगो लाग्दा ५५ को मृत्यु

गुडिरहेको बसमा आगो लाग्दा ५५ को मृत्यु


सडकमा गुडिरहेको बसमा अचानक आगलागी हुँदा त्यसमा सवार ५२ यात्रुको मृत्यु भएको छ । यो दुःखद घटना विहीबार उत्तरपश्चिम काजकिस्तानमा घटेको हो ।

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुईजना बस चालकसहित ५५ जना यात्रु सवार रहेका थिए । पाँच व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु भएपछि सो सङ्ख्या ५५ पुगेको बताइएको छ । चलिरहेको बसमा कसरी आगो लाग्यो भन्ने खुलाइएको छैन ।