विराटनगरमा सफ्ट टेनिस सुरु

विराटनगरमा सफ्ट टेनिस सुरु


राखेप च्याम्पियनसिपअन्तर्गत १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता माघ ४ गते विहिवारदेखि विराटनगरमा सुरु भएको छ ।

प्रतियोगितामा ५ विकास क्षेत्र, एपीएफ र नेपाल प्रहरीबाट समान ४२–४२ पुरुष/महिला गरी ८४ खेलाडीको सहभागिता रहने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्याम लामाले जनाएका छन् ।

पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्ससहति ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु वैजनाथपुर र रानी मिल्सस्थित जुट मिलको कोर्टमा खेलाइने छ ।