आईसीसीले निकाल्यो विश्वकप छनोट चरणको तालिका

आईसीसीले निकाल्यो विश्वकप छनोट चरणको तालिका


अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सन २०१९ मा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट छनोंट प्रतियोगिताको खेल तालिक सार्वजनिक गरेको छ । आइसीसीले सन २०१८ मै विश्वकपको छनोंट पुरा गर्न छनोंट तालिका सार्वजनिक गरेको हो ।

छनोंट चरणको समुह ‘ए’ मा वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, रहेका छन । यो समुह चरणकको छनोंट खेल मार्च १ देखि २५ तारिखसम्म संचालन हुनेछ । त्यस्तै यो समुहमा आइसीसी विश्व क्रिकेट लिग डिभिजन –२ विजेताहरु रहनेछन् ।

त्यस्तै छनोंट चरणको समुह ‘बी’ मा अफगानिस्तान, जिम्वाबे, स्कटल्याण्ड, हङकङ रहेका छन् । यो समुहमा आइसीसी विश्वक क्रिकेट लिग डिभिजन – २ का उपविजेताहरु रहने छन् । यो छनोंट प्रतियोगिता फ्रेब्रुअरी ८ देखि १५ तारिख सम्म संचालन हुनेछ । डिभिजन दुईमा आयोजक नामिबियासंगै नेपाल, युएई, केन्या, ओमान र क्यानडा रहेका छन् ।

डिभिजन दुईमा प्रतिस्पर्धा गर्ने देशहरुमा डिविजन तीनवाट बढुवा भएका र डिभिजन वानवाट तल झरेका राष्ट्रहरु छन् । नेपाल डिभिजन वानवाट तल झरेको राष्ट्र हो ।