मन्त्रिपरिषद बैठक भोलि बिहानसम्मका लागि स्थगित

मन्त्रिपरिषद बैठक भोलि बिहानसम्मका लागि स्थगित


आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र पुनः एकपटक छलफल गर्ने भन्दै आजको बैठक सार्न लगाएको बुझिएको छ ।

लामोसमयसम्म प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न नसकेको भन्दै देउवाको चर्को आलोचना भैइरहेका बेला आजको बैठक स्थगीत हुनु थप दुर्भग्य रहेको बुझिन्छ ।