प्रोफेसनल आइटीएफको उपाधि रिना र गोविन्दलाई

प्रोफेसनल आइटीएफको उपाधि रिना र गोविन्दलाई


एपीएफका गोविन्द खत्री र नेपाल आर्मीका क्लबकी रिना धिमालले बाग्लुङको बुर्तिवाङ बजारमा सम्पन्न पांचौँ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेसेनल आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार सम्पन्न फाइनलमा गोबिन्दले आफ्नै टोलीका योगेन्द्र धिमाललाई पराजित गरेका थिए ।

स्पर्धामा आर्मीका आर्मीका दिनेस बुढा मगर तेश्रो भए । महिला तर्फको उपाधि जित्ने क्रममा रिनाले पनि आफ्नै टोलीकी रुविका खड्कालाई फाइनलमा पराजित गरेकि थिइन् । सो स्पर्धामा आयोजक ढोरपाटन आइटीएफ तेक्वान्दो डोजाङकी पुजा खुलाल मगर तेश्रो भइन् ।

ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा भएको प्रतयोगितामा आठ टोलीका खेलाडीको सहभागिता रहेको थियो । दुवै स्पर्धाका विजयी खेलाडीले ५ सय तथा उपविजयी खेलाडीले ३ सय अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, तेश्रो हुने खेलाडीले २ सय अमेरिकी डलर पुरस्कार पाए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी बाग्लुङ जिल्ला क्षेत्र नम्बर दुइ खका प्रदेश सभा सदस्य सदस्य टेक बहादुर घर्ती र नेपाल आइटीएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरेका थिए ।