ओप्स खेलकुद महोत्सव शुरु हुँदै

ओप्स खेलकुद महोत्सव शुरु हुँदै


अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)को आयोजनामा भोली माघ २ गतेदेखि खेलकुद महोत्सव हुने भएको छ । महोत्सवअन्तर्गत फुटबल, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिता हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

माघ ७ गतेसम्म हुने महोत्सवमा एथलेटिक्सका एक सय, दुई सय र चार गुणा एक सय मिटर दौड, हाइ जम्प र लङजम्प हुनेछ । यसैगरी छात्र फुटबलमा ओप्स अन्तर्गतका १६ विद्यालयको सहभागिता रहने छ । सहभागी विद्यालयलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने महोत्सवअन्तर्गत फुटबल खेलका संयोजन विद्यालय सिर्जना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका थिए ।

समूह ‘ए’मा सृजना ज्ञानसागर, न्युर्टन, विभूति र सेव स्कुल रहेका छन् । समूह ‘बी’ मा कौशल, एन्जल हर्ट, लालीगुराँस र ज्ञान मन्दिर रहेको आयोजकले जनाएको छ । यसैगरी समूह ‘सी’मा फेरिल्यान्ड, प्रगति, राजन मेमोरियल र पुष्पकुञ्ज छन् । समूह ‘डी’मा हिम रश्मी, गिनिज, मनास्लु र प्रसियस स्कुल रहेको आयोजकले जनाएको छ ।

फुटबल खेलका विजेताले आकर्षक नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागत उत्कृष्टतातर्फ डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राइकर, कोच र सर्वोत्कृष्ट खेलाडीले आकर्षक पुरस्कार प्राप्त गर्ने छन् । महोत्सवअन्तर्गतका सम्पूर्ण खेलहरु गोलढुंगास्थित फुटबल मैदानमा हुनेछ ।
त्यसैगरि एन्जल्सहर्ट स्कुलका आयोजनामा सञ्चालन हुने ब्याडमिन्टन खेल भने माघ ९ देखि हुने ओसका सचिव शिव अर्यालले जानकारी दिएका छन् । आयोजित पत्रकार सम्मलनमा ज्ञान मन्दिर स्कुलका प्रिन्सिपल रविन वस्नेत, पिसिएस स्कुलका निर्देशक मोहन कुँवर, प्रगति स्कुलकी प्रिन्सिपल सुनीता सिन्जापतिलगायतको उपस्थित रहेको थियो । प्रतियोगिताको उदघाटन फुटबल खेलको दौरान माघ ३ गते बुधबार हुने छ ।