वडाध्यक्षका छोरा दूधकोशीमा बेपत्ता

वडाध्यक्षका छोरा दूधकोशीमा बेपत्ता


खोटाङ हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा दूधकोशीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका १४ वर्षीय किरण राई बिहीबार अपराह्नदेखि बेपत्ता भएका हुन् ।

बताइएअनुसार घरनजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

दुधकोशीमा हराएका किरणको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको छ । विद्यालय छुट्टी भएका समयमा दूधकोशी आसपासका बालबालिका नदीमा माछा मार्न जाने गरेका छन् ।