सलमानलाई ज्यानको धम्की, सुरक्षाको कडा व्यवस्था

सलमानलाई ज्यानको धम्की, सुरक्षाको कडा व्यवस्था


बलिउडका सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । राजस्थानको गैंगस्टर लोरेन्स विश्नोईले सलमानलाई ज्यानको धम्की दिएका हुन् । ज्यानै लिने धम्की आएपछि उनको सुरक्षा–सतर्कता बढाइएको छ ।

प्राप्त जानकारी अनुसार सलमानलाई लोरेन्सले गत ४ जनवरीमै ज्यान मार्ने धम्की दिएका थिए । सोही कुरालाई मध्यनजर गर्दै सलमानको सुरक्षामा पुलिसकर्मी खटिएका थिए ।

जव सलमान खान ‘रेस–३’ को सुटिङ गरिरहेका थिए, त्यसैबेला पुलिस आएर सलमानलाई कोही व्यक्ति हतियार लिएर सुटिङ स्थलतर्फ आईरहेको जानकारी गराएको थियो । त्यसपछि पुलिसले सलमानलाई सुरक्षाको कारण देखाई घर लग्यो । घर लगेपछि आफ्नो सुटिङ सेड्युल गोप्य राख्न सलमानलाई प्रहरीले सल्लाह दिएको थियो ।

त, लोरेन्सले पुलिसले लगाएको यो आरोपको खण्डन गर्दै झुठो भएको दाबी गरेका छन् । आफुहरुलाई फसाउन र बदनाम गराउन पुलिसले यस्तो चाल चलेको आरोप लगाइएको छ । लोरेन्सले पुलिसलाई आरोप सावित गर्न चुनौती समेत दिएको छ । यदि पुलिसले नै मलाई ठूलो अपराध गराउन चाहन्छ भनेचाहिँ म सलमानलाई अवश्य मार्नेछु भनी विश्नोइले चुनौती दिएका छन् ।

कालो हिरणको शिकार गरेको आरोपमा सन १९९८ मा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । अहिले राजस्थानमै सुटिङ गरिरहेका सलमानलाई त्यहाँको अपराधी ग्रुपले ज्यान मार्ने धम्की दिएको उनका सहकर्मीहरुले जनाएका छन् ।