आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारणसभा

आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारणसभा


आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि.को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सो कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले प्रधान कार्यालयसहित देशभर ४० वटा शाखा कार्यालय पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयबाट ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए ।

कम्पनीले आममानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरू कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नवीनतम् बिमा योजनाहरू ल्याउने बारे उनले जानकारी दिए । उनका अनुसार कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४ अभिकर्तालाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाई व्यवसायमा सक्रिय रूपले सहभागी हुनेु गरि प्रविधि र सफ्ट्वेयरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको पनि उनले बताए ।

उक्त वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको आ. व. ०७३/७४ को वासलात तथा हिसाब समेत स्वीकृत गरियो । उक्त वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा डा. रामहरि अर्याल, इश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, सञ्जय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रूपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

नवनिर्वाचित सञ्चालकहरूले बुधबार नै पदहाली तथा शपथ ग्रहण गरेका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन समेत गरेको छ ।

नियमनकारी निकाय बीमा समितिको प्रावधानअनुसार ०७५ साल अषाढ मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा रु. २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुरुप सर्बसाधारणलाई शेयर जारी गरी पूँजी वृद्वि गर्ने जानकारी गराइएको छ ।