व्यापार घाटा कम गर्न सरकार पूर्ण रुपमा असफल

व्यापार घाटा कम गर्न सरकार पूर्ण रुपमा असफल


व्यापार घाटा कम गर्न सरकार पूर्ण रुपमा असफल देखिएको छ । यसअघिका सरकारहरुले व्यापार घाटा कम गर्न खासै पहल नगरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वको सरकारले केही पहलकदमी थाल्ने नीजि क्षेत्रले अपेक्षा लिएपनी सरकार निर्य देखिएको हो ।

सरकारकै प्रतिवेदनले जो कुराको पुष्टी गरेको पाइन्छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकमा वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ ।

साउन–मंसिरको तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो । गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो ।

मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्सेनि बढ्दै गइरहेको छ । यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ ।

सरकारले परनिर्भरता हटाउन कुनै प्रयाश गरेको छैन् । व्यापार घाटा यही रुपले बढे मुलुकको अवस्था झनै भयानक तर्फ धकेलिने जानकारहरु बताउछन् । -विजय दमासे