मकवानपुर फाखेलमा सनराइजको शाखारहित बैंकिङ सेवा

मकवानपुर फाखेलमा सनराइजको शाखारहित बैंकिङ सेवा


मुलुकका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सनराइज बैंक लि.ले मकवानपुर जिल्लाको इन्द्रसरोवर गाँउपालिका–४, फाखेलमा नयाँ सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन इन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले मंगलबार एक समारोहका बीच गरेका छन् ।

सेवा आरम्भको अवसरमा शाखारहित बैंकिङ सेवाको एजेन्ट÷प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ शाखाका प्रवन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । साथै, बैंकको फर्पिङ शाखाका प्रबन्धक गोविन्द महर्जनले शाखारहित बैंकिङ सेवा प्रदान गर्नुको उद्देय प्रष्ट पारेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या १८ पुगेको छ र बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।