फोरम नेपालको कब्जामा पर्सा

फोरम नेपालको कब्जामा पर्सा


प्रणय साह (पर्सा)

पर्सा निर्वाचन क्षेत्र नम्बर १, २, र ४ मा फोरम नेपालले आफ्नो कब्जा जमाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव निर्वाचित भएका छन् भने क्षेत्र नम्बर २ मा फोरम नेपालका वरिष्ठ नेता विमल प्रसाद श्रीवास्तव निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले विजय हासिल गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार प्रदीप यादवले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुर्वसभासद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतान्तरले पछाडि पर्दै विजयी भएका हुन् । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको जानकारी अनुसार फोरम–राजपा गठबन्धनका प्रदीप यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अनिल कुमार रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन् र बाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । २०७० मा भएको संविधानसभामा केही मतान्तरले पराजित भएका थिए ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (ख) प्रदेशसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धी आफ्नो निकटम प्रतिद्वनद्वी नेपाली कांग्रेसका विजय कुमार सर्राफलाई २ हजार ९ सय ७५ मत ले पराजित गर्दै निर्वाचित भएका छन् । फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका गद्धीले ९ हजार ८ सय ४ मत प्राप्त गरेका छन् भने उक्त निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका सर्राफले ६ हजार ८ सय २९ मत ल्याएका छन् । बाम गठबन्धनका संयुक्त उम्मेदवार शम्भुप्रसाद गुप्ताले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् । यो जितले फोरम(राजपाको गठबन्धनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का ३ वटै पदमा विजयी प्राप्त गरेको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार विमल श्रीवास्तव निर्वा्चित भएका छन् । आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका पुर्व मन्त्रि एवम् केन्द्रिय सदस्य अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतको अन्तरले पराजित गर्दै फोरम(राजपा गठबन्धनका श्रीवास्तव निर्वा्चित भएका हुन् । फोरम(राजपा श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका चौरसियाले १९ हजार ७ सय ४ मत ल्याएका छन् । त्यस्तै चौरसियालाई पछ्याउदै बाम गठबन्धनका संयुक्त उम्मेदवार महमद सलिम मंसुरले ६ हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।वीरगन्जको ४ पटक नगर प्रमुख बनि सकेका श्रीवास्तव संविधान सभा निर्वाचन पहिलो र दोश्रो दुवैमा पराजित भएका थिए र भर्खरै समपना भएको स्थानीय तहको निर्वाचनमा पनि उनि फोरम नेपालकै विजय कुमार सरावगीसंग पराजित भएका थिए । फोरम लोकत्नात्रिकबाट स्थानीय तह निर्वाचनमा भिडेका श्रीवास्तव निर्वाचन पश्चात फोरम नेपालमै प्रवेश गरेका थिए र प्रतिनिधिसभा सदस्यका लागि पर्सा निर्वाचन क्षेत्र २ बाट टिकट पाएका थिए ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वा्चित भएका छन् । आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका पुर्व मन्त्रि एवम् पुर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गर्दै फोरम(राजपा गठबन्धनका रौनियार निर्वा्चित भएका हुन् । फोरम(राजपाका रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका चौधरीले १३ हजार ८ सय १ मत ल्याएका छन् । त्यस्तै चौधरीलाई पछ्याउदै बाम गठबन्धनका संयुक्त उम्मेदवार एवम् नेकपा एमालेका पुर्व सभासद राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार एवं राजपाका वरिष्ठ नेता लक्षमणलाल कर्ण निर्वा्चित भएका छन् । आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका पुर्व सांसद रमेश रिजाललाई ६ हजार ३६ मतको अन्तरले पराजित गर्दै फोरम(राजपा गठबन्धनका कर्ण निर्वा्चित भएका हुन् । फोरम-राजपाका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका रिजालले १४ हजार ७ सय २ मत ल्याएका छन् ।

त्यस्तै रिजाललाई पछ्याउदै बाम गठबन्धनका संयुक्त उम्मेदवार एवम् पुर्व सभासद उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत प्राप्त गरेकी छन् । जिल्लाका राजनीतिक विश्लेषकहरुले पर्सा जिल्लामा फोरम नेपालको जीतलाई मधेस मुद्दाको जीतको रुपमा लिएका छन् । ६ महिना सम्म वीरगंजलाइ केन्द्रित गरेर चलेको मधेस आन्दोलनमा यादवले प्रमुख नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका थिए ।