टेलिसेन्टर प्रभावकारी भएन

टेलिसेन्टर प्रभावकारी भएन


बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पुर्‍याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन ।

कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी तीन ठाउँमा टेलिसेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकामा नगन्य संख्यामा सेवाग्राही सेवा लिन आउने गरेकाले सो सेन्टर प्रभावकारी हुन नसकेको हो ।