कतै जित त कतै हारको ह्याट्रिक !

कतै जित त कतै हारको ह्याट्रिक !


भट्टराईको ह्याट्रिक
पर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उनले गोरखा २ बाट प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पुर्वमन्त्री नारायणकाजी श्रेष्ठलाइ ६ हजार आठ सय ७४ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै, कास्कीमा रवीन्द्रको ह्याट्रिक
युवा नेताको पहिचना कमाएका वाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की २ मा जित हात पारेका छन् ।

निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देवराज चालिसेलाई भारी मातन्तरले हराएका हुन् ।

सापकोटाको ह्याट्रिक जित
माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले शान्तिपप्रक्रियापछि भएका तीन निर्वाचन लगातार जित्दै ह्याट्रिक गरेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार उनी सिन्धुलीपाल्चोक क्षेत्र नं. १ बाट विजयी भएका हुन् ।
पुर्वमन्त्री सापकोटाले बहालवाला सञ्चारमन्त्री रहेका कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतलाई फराकिलो मतान्तरले हराए ।

राणाका ह्याट्रिक हार
२०४७ को राजनीतिक परिवर्तनपछि लागतार छैटों पटक चुनावी मैदानमा उत्रिएका पञ्चायती राजनीतिका हस्ती एवं राप्रपा प्रजातान्त्रिक का अध्यक्ष पशुपतिशमशेर राणाले ह्याट्रिक हार बेहोरेका छन् ।

प्रतिनिधिसभचा सदस्य उम्मेदवार उनी सिन्धुलीपाल्चोक क्षेत्र नं. २ बाट पराजित भएका हुन् । नागरिक दैनिक