अर्घाखाँचीको मथुरा केन्द्रमा निर्वाचन स्थगित

अर्घाखाँचीको मथुरा केन्द्रमा निर्वाचन स्थगित


अर्घाखाँचीको मथुरा केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

सन्धिखर्क– ५ वाङ्ला मथुरा केन्द्रमा निर्बाचन स्थगित भएको स्थानीय पत्रकार सहयोगी विसिले बताए ।

उनका अनुसार मतदान अधिकृतले हस्ताक्षर बिना मतपत्र दिएपछि विरोध भएको थियो ।

विरोधपछि निर्वाचन सो केन्द्रको निर्वाचन स्थगीत भएको जनाइएको छ । उता निर्वाचन अधिकृतले आफ्नो गल्ती स्विकारेको जनाइएको छ ।

मतदान अधिकृतले हस्ताक्षर बिना मतपत्र दिएपछि विरोध