रेखाको भोट कसलाई ?

रेखाको भोट कसलाई ?


अभिनेत्री रेखा थापाले मतदान गरेकी छिन्। उनले काठमाडौंको चावहिल केन्द्रमा गएर मतदान गरेकी हुन् । उनी सर्वसाधारणसँगै लाइनमा उभिएर मतदान गरेकी थिईन्। उनले कसलाई भोट दिइन त्यो खुलाईनन् ।

उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा. राजन भट्टराई र काग्रेसँका तर्फबाट यूवानेता गगन कुमार थापा मैदानमा छन् ।

नायिका थापा राप्रापाकी सहमहामन्त्रि समेत हुन  । काठमाडौं क्षेत्र नम्बर ४ राप्रापा प्रजातान्त्रिकले काँग्रेसलाई समर्थन गरेको छ । तसर्थ उनको भोट कांग्रेसलाई जान सक्ने आकलन गरिएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।